Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

नेताहरुको रगतमा नै भ्रष्टाचार छ : सांसद कार्की

जनता भ्वाइस by जनता भ्वाइस
July 6, 2025
in ब्यानर समाचार, समाचार
0
नेताहरुको रगतमा नै भ्रष्टाचार छ : सांसद कार्की
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद रोशन कार्कीले नेताहरूको रगतमा नै भ्रष्टाचार रहेको टिप्पणी गरेकी छन् ।

आज (आइतबार) बिहान सिंहदरबारमा बसेको प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा उनले यस्तो बताएकी हुन् ।

उड्दै नउड्ने विमान किन्ने र चल्दै नचल्ने विमानस्थल बनाउने स्थिति नेपालमा जारी रहेको उनले उल्लेख गरिन् । उनले यो सबैको कारण भ्रष्टाचार रहेको बताइन् । ‘हामी कस्तो स्थितिमा छौँ भने प्लेन किन्छौं उड्दै नउड्ने, एयरपोर्ट बनाउँछौं चल्दै नचल्ने’, उनले भनिन्, ‘यसको कारण के हो त भन्दा भ्रष्टाचार हो । हामी भ्रष्टाचारमा र राजनीतिक नियुक्तिमा यति लिप्त भइसकेका छौँ, हाम्रो रगतमा नै भ्रष्टाचार आइसकेको छ ।’

उनले विमान चढ्दा सुरक्षित साथ गन्तव्यमा पुगिन्छ भन्ने विश्वास गर्न सक्ने स्थिति बनाउन जोड दिइन् । ‘हामी प्लेन चढ्दा आफ्ना भगवानहरू पुकार्दै चढ्न नपरोस् । सुरक्षित गन्तव्यमा पुग्छौँ भन्ने विश्वास होस्’, उनले भनिन्, ‘हाम्रा नातागोतालाई पनि आफ्ना मान्छे सुरक्षितसाथ गन्तव्यमा पुग्छन् भन्ने विश्वास गर्न सकून् ।’ समितिमा नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि संशोधनकर्तासँग छलफल गरिएको हो ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

ग्रामीण क्षेत्रका विद्यालयहरूका लागि पथप्रदर्शक बन्दै मन्थली मावि

Next Post

भोजपुरमा ज्वाईंले गरे सासु–ससुरासहित चार जनाको हत्या

Next Post
धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु 

भोजपुरमा ज्वाईंले गरे सासु–ससुरासहित चार जनाको हत्या

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.