Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

ओखलढुंगामा किशाेरीकाे नक्कली फेस्बुक आइडी बनाएर जथाभावी लेख्ने युवकविरुद्ध आत्महत्या दुरुसाहन मुद्दा

Milan Ghimire by Milan Ghimire
August 30, 2019
in जनता स्पेसल, समाचार
0
ओखलढुंगामा किशाेरीकाे नक्कली फेस्बुक आइडी बनाएर जथाभावी लेख्ने युवकविरुद्ध आत्महत्या दुरुसाहन मुद्दा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
भदौ १३

ओखलढुंगा – जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले एक युवाविरुद्ध आत्महत्या दुरुत्साहनकाे मुद्दा दर्ता गरेको छ । चम्पादेवी गाउँपालिका–१० की १६ वर्षीया गोमा कार्कीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा त्यसै ठाउँका युवराज कार्कीविरुद्ध मुद्दा दर्ता गरिएको हो । तीन महिना अघि गोमाले घरकै कोठामा पासो लगाएर आत्महत्या गरेकी थिइन् ।

आत्महत्या गर्नुअघि ‘मेरो फेक आइडी बनाएर मलाई बदनाम गराउनेलाई कारबाही गरे मात्र मेरो आत्मालाई शान्ति मिल्नेछ’ भनेर लेखिएको सुसाइड नोट फेला परेको थियो । फेक आइडी प्रयोग गरेर आफूलाई बदनाम गराउनेमाथि कारबाही गर्न माग गरेको सुसाइड नोट र परिवारको उजुरीका आधारमा मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक राजीव श्रेष्ठले जानकारी दिनुभयो । 

मृतकका परिवारले फेक आइडी खोलेर बदनाम गराएर आत्महत्या दुरुसाहन गरेको उजुरी गरेपछि ‘ह्यान्डराइटिङ’ परीक्षण गराउँदा गोमाकै रहेको पुष्टि भएपछि मुद्दा दर्ता गरेर अनुसन्धान थालिएको श्रेष्ठले बताउनुभयाे । सुसाइड नोट प्रहरीको विधि विज्ञान प्रयोगशालामा पठाइएको थियो ।

युुवराजले गोमाको फोटो राखेर ‘सबैको बुढी म’ भन्ने नाम राख्दै बनाएको फेसबुक आइडी चलाएको स्वीकार गरेको प्रहरीको भनाइ छ । ओखलढुंगा जिल्ला अदालतमा दर्ता भएको आत्महत्या दुरुत्साहनको यो दोस्रो मुद्दा हो । 

सभार : ujyaaloonline

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

छ माया छपक्कैको पहिलो गीत सार्वजनिक

Next Post

विद्यालय र नगरपालिका समन्वय गरेर अगि बढनु पर्छ : नगर प्रमुख मगर

Next Post
विद्यालय र नगरपालिका समन्वय गरेर अगि बढनु पर्छ : नगर प्रमुख मगर

विद्यालय र नगरपालिका समन्वय गरेर अगि बढनु पर्छ : नगर प्रमुख मगर

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.