Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

तिहार लक्षित अनुगमनः गुणस्तरीय मापदण्ड पूरा नगरेका खाद्यान्न जफत गरी नष्ट

जनता भ्वाइस by जनता भ्वाइस
October 12, 2025
in जनता स्पेसल, ब्यानर समाचार, समाचार
0
तिहार लक्षित अनुगमनः गुणस्तरीय मापदण्ड पूरा नगरेका खाद्यान्न जफत गरी नष्ट
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । जिल्लाको खाँडादेवी गाउँपालिकामा रहेको पसलहरूमा जिल्ला अनुगमन समितिले तिहार लक्षित अनुगमन गरेको छ । शनिवार गरिएको अनुगमनमा बजारमा बिक्रीका लागि राखिएका भाई मसला, चिउरा, मैदा, नरिवलजस्ता सामग्रीहरूको गुणस्तर अनुगमन गरिएको थियो। टोलीले कुहिएको नरिवल, म्याद गुज्रेको मैदा र गुणस्तरीय मापदण्ड पूरा नगरेका चिउरा जफत गरी नष्ट गरेको जनाएको छ।

अनुगमन टोलीले खाँडादेवी गाउँपालिकामा रहेको खाँडादेवी मन्दिर आसपासका पसलहरू, खाँडादेवी गाउँपालिकाको कार्यालय वरपरका पसल तथा होटलहरू र सित्खा बजारमा रहेको पसलहरूमा अनुगमन गरेको थियो । अनुगमनका क्रममा केही पसलहरू दर्ता नगरि चलाईएका, केही पसल गाउँपालिकामा दर्ता गरिए पनि पान नं। नलिएको र केही पसल किरानाका लागि दर्ता गरिएको भए पनि मदिरा तथा फेन्सी समेत सँगै विक्रिवितरण गरिएको पाईएकोले नियमानुसार गर्न सुझाव दिईएको थियो ।

पर्वको समयमा गुणस्तरीय सामग्री उपभोक्तासम्म पुगोस भन्ने हाम्रो मुख्य उद्देश्यले अनुगमन गरिएको जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी तेजराज शर्माले बताए । अनुगमनले उपभोक्ताको हित सुरक्षित गर्ने मात्र होइन, व्यापारीलाई पनि जिम्मेवार बनाउने उनको धारणा थियो ।

जिल्ला अनुगमन समितिको सक्रियता र नियमित निरीक्षणले बजारमा विश्वास कायम राख्ने उद्योग तथा वाणिज्य कार्यालय रामेछापका प्रमुख खेमराज घिमिरेले बताए । उनले अनुगमनका क्रममा व्यवसायीहरूलाई उपभोक्ताको स्वास्थ्यलाई ख्याल राखी गुणस्तरीय सामान बेचबिखन गर्न आग्रह गरे ।

अनुगमन टोलीले स्थानीय व्यापारी र उपभोक्तासँग सल्लाह–सुझाव संकलन गर्दै, भविष्यमा पनि यस्ता अनुगमन नियमित राख्ने प्रतिबद्धता व्यक्त गरेको छ। नेपाल पत्रकार महासंघ रामेछापका सह–सचिव कुमार श्रेष्ठले भने, “पत्रकारिताले अनुगमनको सकारात्मक पक्ष र उपभोक्ता अधिकारको रक्षा प्रवद्र्धन गर्छ। यो कार्यले स्थानीय बजारमा विश्वास कायम गर्न मद्दत गरेको छ।”

अनुगमन कार्यक्रमले उपभोक्तामा विश्वास जागृत गर्दै गुणस्तरीय बजार सुनिश्चित गर्न प्रभावकारी भूमिका खेल्न सहयोग गरेको छ । अनुगमन टोलीले कुशल र व्यवस्थित रूपमा पसलहरूको निरीक्षण गरी पर्व नजिकिँदै गर्दा उपभोक्ताको हित सुरक्षित गर्ने कोसिस गरेको छ ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

धुलाम्य बित्ने भयो कोलन्जोरघाट–साँघुटार सडकवासीको दसैँ

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.