Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

बचतकर्ताको पैसामा मेरो माइक्रोफाइनान्सको कब्जा

Kumar Shrestha by Kumar Shrestha
March 20, 2026
in जनता स्पेसल, ब्यानर समाचार, राष्ट्रिय समाचार, समाचार
0
बचतकर्ताको पैसामा मेरो माइक्रोफाइनान्सको कब्जा
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter


रामेछाप । गरिबको घरदैलोमा बैंकिङ सेवा भन्ने नारा बोकेर गाउँ पसेका लघुवित्तहरू कसरी सर्वसाधारणको रगत चुस्ने संयन्त्र बनिरहेका छन् भन्ने एउटा चित्र रामेछापको मन्थलीमा सार्वजनिक भएको छ। मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड, शाखा कार्यालय मन्थलीले एक महिलाको बचत रकम विगत १८ महिनादेखि नियतवश कब्जा गरिरहेको छ।
रामेछाप नगरपालिका वडा नं. ८ निवासी पूर्णकुमारी बुढाथोकीले २०७७ फागुन ९ गतेदेखि ‘मेरो दारेगौँडा महिला केन्द्र’ मा आबद्ध भई आफ्नो गाँस काटेर प्रत्येक महिना ५०० रुपैयाँका दरले बचत गर्दै आएकी थिइन्। घरायसी संकट आइलागेपछि उनले विगत डेढ वर्षदेखि आफ्नो बचत फिर्ता मागेर सदस्य खारेजी गर्न खोज्दा संस्थाले उनलाई रित्तो हात फर्काएर मानसिक यातना दिइरहेको छ। बचत उठाउन गाउँ पुग्ने कर्मचारीले “अर्को महिना हिसाब मिलाएर दिन्छु“ भन्दै ढाँटेको १८ महिना पुगिसक्दा पनि बुढाथोकीले आफ्नो पैसा फिर्ता पाएकी छैनन्।
संस्थाको सदस्य नं. १०६०००५६५ रहेकी बुढाथोकी मात्र होइन, सोही समूहका अन्य सदस्यहरूले समेत संस्थाले बचत फिर्ता नदिएर दुःख दिने गरेको बताएका छन्। ऋणको किस्ता उठाउन एक दिन ढिला हुँदा सदस्यको घरै पुगेर मानसिक दबाब दिने लघुवित्तले, सदस्यले आफ्नो बचत फिर्ता माग्दा १८ महिनासम्म झुलाउनु कुन कानुनमा लेखिएको छ? नेपाल राष्ट्र बैंकको नियमलाई लत्याउँदै मन्थलीमा मेरो माइक्रोफाइनान्सले देखाएको यो ‘जंगबहादुरे’ शैलीले वित्तीय साखलाई नै धुलोमा मिलाइदिएको छ।
बचतकर्ताको पैसामा रजगज गर्ने तर आपत पर्दा फिर्ता नदिने यस्ता संस्थाको दादागिरी विरुद्ध अब स्थानीय प्रशासन र नियामक निकायले मौनता तोड्नुपर्ने बेला आएको छ। १८ महिनासम्म एउटा विपन्न महिलाको हिसाब मिलान गर्न नसक्ने मन्थली शाखाको यो अक्षमता केवल प्राविधिक त्रुटि नभई गरिबको पसिनामाथि गरिएको डकैती हो।
१८ महिनादेखि बचत फिर्ता नपाएकी बुढाथोकीको समस्या र संस्थाको लापरवाहीबारे गन्तव्य टुडेले आखिर एउटा बचतकर्ताले आफ्नो पसिनाको कमाइ फिर्ता पाउन १८ महिनासम्म किन कुर्नुपरेको हो? संस्थाले किन हिसाब मिलान गर्न सकेको छैन? भन्ने प्रश्नहरूको जवाफ खोज्न संस्थाको आधिकारिक मोबाइल नम्बर ९८०१८४७१०६ मा पटक–पटक सम्पर्क गर्ने प्रयास गरेको थियो।
तर, विडम्बना! संस्थाको उक्त आधिकारिक नम्बरमा दर्जनौँ पटक फोन गर्दा पनि जिम्मेवार अधिकारीहरूले फोन रिसिभ गर्ने आँट गरेनन्। सार्वजनिक सञ्चारमाध्यमले सोधेको प्रश्नबाट भाग्नु र फोन समेत नउठाउनुले मन्थली शाखाभित्र ठूलो आर्थिक गडबडी वा चरम व्यवस्थापकीय कमजोरी रहेको प्रस्ट पार्छ।
एकातिर बचतकर्ताको पैसा फिर्ता नदिएर १८ महिनादेखि झुलाउने र अर्कोतिर सञ्चारमाध्यमको सम्पर्कबाट समेत भाग्ने मेरो माइक्रोफाइनान्सको यो व्यवहारले ऊ प्रतिको जनविश्वास अब शून्यमा झरेको छ। यस विषयमा अब स्थानीय प्रशासन र नेपाल राष्ट्र बैंकले तत्काल हस्तक्षेप गरी पीडितको बचत फिर्ता गराउन र दोषी कर्मचारीमाथि कारबाही गर्न ढिलाइ गर्नु हुँदैन।

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

इरान र लेबनानमा धराशायी बन्दै उपचार केन्द्र

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.