Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

दोरम्बा शैलुङको कालिका मा.बि. रिष्ठेमा श्रमबार सुरु

Kumar Shrestha by Kumar Shrestha
May 10, 2026
in जनता स्पेसल, फिचर, ब्यानर समाचार, राष्ट्रिय समाचार, शिक्षा, समाचार
0
दोरम्बा शैलुङको कालिका मा.बि. रिष्ठेमा श्रमबार सुरु
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । जिल्लाको दोरम्बा शैलुङ गाउँपालिका वडा नं. ६ रिष्ठेस्थित कालिका माध्यमिक विद्यालयले श्रमबार सुरु गरेको छ। प्रत्येक महिनाको अन्तिम शनिबार विद्यार्थी, शिक्षक, अभिभावक, स्थानीय, समाजसेवी र जनप्रतिनिधि लगायतको उपस्थितिमा श्रम गर्ने विद्यालयका प्रधानाध्यापक एन प्रसाद ढुंगेलले जानकारी दिए। ढुंगेलका अनुसार श्रमबारको दिन विद्यालयको वरिपरि सरसफाइ गर्ने, फूलबारी बगैँचा बनाएर हरियाली वातावरण बनाउने साथै विद्यार्थीहरूलाई श्रमसँग जोडिने सिकाइ सिकाउने लक्ष्य रहेको बताए।
पुराना शिक्षक चेत प्रसाद गौतमले भने, पहिले देखिको सोच अब पूरा हुने भयो । पहिले विद्यालय देखि फूलबारी बनाउने सोच थियो, उनले भने।
नवनिर्वाचित व्यवस्थापन समिति अध्यक्ष खिलेन्द्र राज मोक्तानले श्रमबार भनेर नयाँ कन्सेप्ट विद्यार्थी, शिक्षक, अभिभावक लगायत सम्पूर्णले स्वीकार गरेपछि श्रम गर्न सुरु गरिएको बताए। यस विद्यालय जिल्लाको ४ औँ नम्बरमा परेकोमा अब देशको उत्कृष्ट १० औँ नम्बरमा पर्ने उद्देश्य रहेको बताए। यस अभियानमा स्थानीय शिव प्रसाद गौतमले ७ हजारको साकुरा, अशोका र हेजका बिरुवा सहयोग गरेकोमा धन्यवाद समेत व्यक्त गरे।
सामुदायिक विद्यालय सपार्ने भनेको अभिभावक स्थानीयहरूको सक्रिय क्रियाकलापले हो, विद्यालय हामी सबैको साझा सम्पत्ति, हामी सबैले माया गर्नुपर्छ, सबैको मायाले विद्यालय राम्रो स्थानमा पुग्ने गाउँपालिका शिक्षा शाखा प्रमुख नेत्र प्रसाद गौतमले बताए। अब यस अभियानले गाउँपालिकाको अन्य विद्यालयले अनुसरण गर्दै अगाडि बढ्नुपर्ने बताए।
यस अभियान अत्यन्तै राम्रो रहेको वडा नं. ६ का वडा अध्यक्ष टीका प्रसाद गौतमले बताए। विद्यालयलाई सधैँ माया गर्ने र सधैँ नजिकैबाट नियाल्ने गरेको साथै आगामी दिनमा वडाले गर्नुपर्ने आवश्यक सहयोग गर्ने वडाध्यक्ष गौतमले बताए।
हाल यस विद्यालयमा ३७७ जना मध्ये ९ देखि १२ सम्ममा ६३ जना प्राविधिक धारतर्फ सिभिल इन्जिनियरिङ पठनपाठन गरिरहेका विद्यालयले जानकारी दिएको छ।

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

बचतकर्ताको पैसामा मेरो माइक्रोफाइनान्सको कब्जा

Next Post

गौरीशंकर बहुमुखी क्याम्पसको अध्यक्षमा बद्री नयाँघरे चयन

Next Post
गौरीशंकर बहुमुखी क्याम्पसको अध्यक्षमा बद्री नयाँघरे चयन

गौरीशंकर बहुमुखी क्याम्पसको अध्यक्षमा बद्री नयाँघरे चयन

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.