१५ भदौ
नेपाली हिन्दु नारीहरुको महानपर्व हरितालिका तीज आजबाट शुरु भएको छ । तीजको अघिल्लो दिन दर खाने प्रचलन अनुसार आज हिन्दु महिला दिदीबहिनीहरुले माइती, आफन्त जन र साथी संगीनीसँग मिलेर मीठा मीठा परिकार सहित दर खाने गरेका गर्दछन् ।
दर खाएको भोलीपल्ट निराहार ब्रत बसी हरितालिका तीज मनाउने गरिन्छ । धार्मिक मान्यता अनुसार सत्य युगमा पार्वतीले पनि भाद्र शुक्ल द्धितीयका दिन दर खाई तृतीयका दिन ब्रत बसेको किंवदन्ती छ ।
अविवाहिताहरुले महादेव जस्तै पति पाउनका लागि र विवाहिताहरुले आफना पतिको दीघार्युको कामना गर्दै निराहार ब्रत बस्ने चलन छ । यसैबीच हरितालिका तीजको अवसरमा पशुपतिनाथ मन्दिरको पूर्वी ढोका भक्तजनहरुका लागि खुल्ने भएको छ । यसअघि २ दशकदेखि तीजको बेला यो ढोका बन्द हुँदै आएको थियो ।