भगवती न्यौपाने कपिलवस्तु भदौ २२
नव प्रभात युवा क्लब वाणगंगा ४ ठाकुरापुरको छैठौँ वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनमा हिजो सम्पन्न भएको छ । सो अवसरमा क्लवका कोषाध्यक्ष दिपक पोख्रेलले आर्थिक वर्ष २०७५÷७६ को ७ लाख ३८ हजार ६ रुपैया वरावरको आम्दानी र ७ लाख २६ हजार वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
क्लबका अध्यक्ष मिलन चालिसेको अध्यक्ष्ता, कृष्ण प्रराजुलीको स्वागत र पुरन चंद मल्लको संचालन भएको कार्यक्रममा वाणगंगा नगर वडा नं ४ का वडा अध्यक्ष गणेश क्षेत्रीले समृद्ध नेपाल र सुखी नेपाली अभियानलाई पूरा गर्ने अभिभरा युवाको काँधमा रहेको वडा नम्वर ४ का वडा अध्यक्ष गणेश बहादुर क्षेत्रीले बताए । वडा अध्यक्ष क्षेत्रीले वडालाई समृद्ध बनाउन नगर, प्रदेश, सघं र आफनो व्यक्तिगर्त तर्फबाट पूर्ण सहयोग गर्ने प्रतिबधता जनाए ।
भुपु सैनिक खानेपानी संस्थानका अध्यक्ष राजेन्द्र विक्रम शाहले युवाहरुको सक्रियतामा गठीत क्लपले छोटो समयमा नाम अनुसारको धेरै काम गरेको प्रति प्रशम्सा गरे ।
वाणगंगा माविका प्रध्यानध्यापक रामप्रसाद भण्डारी, ठाकुरापुर टोलविकास साितिका अध्यक्ष कमल प्रराजुली, समाज सेवी कृष्ण प्रसाद भट्राई निरमल कुमार शाहीले समाजको विकासमा युवाको ठुलो भुमिका रहनेमा जोड दिए ।
खेलको क्षेत्रबाट सुरु गरेको क्लवले पाकिङ निमार्ण प्रतिक्षलाय निमार्ण, सार्वजनिक जग्गा संरक्षण लगायत काम गर्दै आएको छ । सोहि अवसरमा जेष्ठ नागरिक, शिक्षक वर्ग, समाजसेवी, आमासमुह, सयोगदाता, लगायतलाई समान गरीएको थियो । उक्त अबसरमा क्लवले युवा एकेडेमिको समेत उद्घाटन गरेको छ ।
यसैविच तेस्रो अधिवेशनले आज सर्वसम्त रुपले नयाँ समिति चयन गरेको छ । जसको अध्यक्षमा मिलन चालीसे, उपाध्यक्षमा पुरनचन्द्र मल्ल, सचिवमा गोविन्द राज पौडेल, उप सचिवमा वेदराज आचार्य र कोषाध्क्षमा दिपक पोख्रेल चएन भएका छन् ।
यस्तै सदस्यहरुमा नेत्रवहादुर वराई, किशोर पौडेल, सुरज रेग्मी, प्रसान्त आचार्य, चेतना शर्मा र वोदराज आचार्य रहेका छन् ।