Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

वञ्चित समूहका लागि प्राथमिक उपचार अझ आवश्यक

Milan Ghimire by Milan Ghimire
September 14, 2019
in अर्थतन्त्र, जनता स्पेसल, समाचार
0
वञ्चित समूहका लागि प्राथमिक उपचार  अझ आवश्यक
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

भाद्र २८

समुदायका वञ्चित समूहका लागि पनि प्राथमिक उपचारको ज्ञान र सीप दिनुपर्ने कुरालाई जोड दिँदै “वञ्चित समूहका लागि प्राथमिक उपचार” भन्ने मूल नारासहित नेपालमा पनि विश्व प्राथमिक उपचार दिवसको शनिबार मनाइदै छ । प्राथमिक उपचारको महत्वका विषयमा समुदायमा चेतना अभिबृद्धि गर्ने र प्राथमिक उपचार स्वयंसेवकहरुलाई सम्मान बढाउने उद्देश्यले हरेक वर्ष सेप्टेम्बर महिनाको दोस्रो शनिबारका दिनमा पर्ने विश्व प्राथमिक उपचार दिवसका सन्दर्भमा विभिन्न जिल्लामा नेपाल रेडक्रस सोसाइटीले कार्यक्रमहरु सञ्चालन गरिरहेको छ ।

विश्व प्राथमिक उपचार दिवसको राष्ट्रिय कार्यक्रम यस पटक भाद्र २५ देखि २८ गतेसम्म अर्घाखाँची जिल्लाको सन्धिखर्कमा आयोजना भइरहेको र नेपाल रेडक्रसले प्राथमिक उपचार कृत्रिम घटना अभ्यास प्रवर्धन, आकस्मिक प्राथमिक उपचार सीप प्रवद्र्धन र प्रतियोगितात्मक गतिविधिहरु आयोजनाको गरिरहेको नेरेसोका सञ्चार निर्देशक दिव्यराज पौडेलले बताए ।

यसै सन्दर्भमा अर्घाखाँचीमा भएको हिजोको पत्रकार भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै नेरेसोका अध्यक्ष संजीव थापाले वञ्चितिकरणमा रहेका मानिसहरु र संकटमा रहेका मानिसहरुलाई प्राथमिक उपचारको चेतना र ज्ञान दिन समुदायमै रहेका स्वयंसेवकहरुलाई परिचालन गरिदै आइएको भन्दै स्थानीय स्वयंसेवकबाट मात्रै त्यस्तो समुदायमा पुग्न सम्भव भएको कुरामा जोड दिए । मूल समारोहको विषयमा बोल्दै अर्घाखाँचीबाट नेरेसाकोे ५ नं. प्रदेश प्रमुख शम्भुप्रसाद पोखरेलले शुभकामना दिँदै भने “वञ्चित समूहका लागि प्राथमिक उपचार” भन्ने नारालाई सफल बनाउन वञ्चित समूहहरूलार्ई केन्द्रित गर्दै प्राथमिक उपचारको सीप अभिवृद्धि गर्न सबैबाट सहयोगको आवश्यक छ ।

नेपाल रेडक्रसको प्राथमिक उपचार पाठ्यक्रमलाई नेपाल सरकारबाट मान्यता प्राप्त छ । जस अनुसार हालसम्म मुलुकभर एक हजार दुइसय दक्ष प्रशिक्षक र ३३ हजार दुई सय जना प्राथमिक उपचार स्वयंसेवकहरू विकास गरिएको छ । यस वर्ष २०७६ मा मात्र एक हजार दुइसय पैसठीले देशभरमा प्राथमिक उपचार सेवा प्राप्त गरेका छन् । नेपाल रेडक्रसका ७७ वटै जिल्ला शाखासँग आधारभूत प्राथमिक उपचार प्रशिक्षण र सेवा सञ्चालन गर्ने क्षमता विकास गरिएको छ ।

प्राथमिक उपचारले मानिसको जीवन जोगाउने भएकोले सवै उमेर समूह र पछाडि परेका सवै समुदायलाई प्राथमिक उपचार सीप लिन प्रेरित गर्न आजको दिनले सन्देश दिएको बताउँदै अपांगता भएका, महिला तथा छात्राहरु, जेष्ठ नागरिक, कैदी बन्दीहरु, अनाथ, सडक बालबालिका, श्रमिक, आप्रबासीहरु, यौनिक अल्पसंख्यक जस्ता समूहमा योजनाबद्ध हिसावले पुग्नुपर्ने टड्कारो आवश्यकता रहेको निर्देशक पौडेलले बताए ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

खाँडादेवीमा शैक्षिक सुधारका लागि १० बुँदे शैक्षिक सुधार घोषण पत्र पारित

Next Post

बालदिवसको अवसर पारी गरीएको बक्तृत्वकलामा ‘केब्स’ माविकी छात्रा प्रथम

Next Post
बालदिवसको अवसर पारी गरीएको बक्तृत्वकलामा ‘केब्स’ माविकी छात्रा प्रथम

बालदिवसको अवसर पारी गरीएको बक्तृत्वकलामा 'केब्स' माविकी छात्रा प्रथम

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...