मन्थली, भाद्र, २८,
रामेछापको मन्थलीमा नगरस्तरीय माध्यमिक तहका लागि “सुनिश्चित बाल अधिकार समृद्ध नेपालको आधार” भन्ने विषयमा बक्तृत्वकला प्रतियोगिता शनिबार मन्थली मा.विमा सम्पन्न भएको छ ।
नगरस्तरीय बालसंजालकी अध्यक्ष मनिका बुढाथोकीको अध्यक्षता तथा मन्थली नगरपालिकाकी उप–प्रमुख मायाँ कार्कीको प्रमुख आतिथ्येतामा कार्यक्रक सम्पन्न भएको हो ।
बाल दिवस २०७६ को अवसरमा मन्थली नगरपालिकाको ब्यवस्थापन, वातवरण संरक्षण परियोजनको सहकार्य र मन्थली नगरपालिकाको आयोजनामा कार्यक्रम गरिएको हो ।
बक्तृत्वकला प्रतियोगितामा मन्थली नगरपालिकाका २२ वटा विद्यालय मध्ये १५ वटा विद्यालयबाट २९ जना विद्यार्थीले सहभागीता जनाएका थिए ।
“सुनिश्चित बाल अधिकार समृद्ध नेपालको आधार” विषयमा गरिएको बक्तृत्वकला प्रतियोगितामा केब्स मा.विकी छात्रा सलिना अधिकारी प्रथम भएकी छन् ।
त्यस्तै मन्थली मा.विकी समिक्षा दाहाल द्वितिय, तामाकोसी आवसिय मा.विकी सुस्मिता श्रेष्ठ तृतिय र स्थानापती मा.वि पुरानागाउँका सुवाश श्रेष्ठ र सिद्धेश्वर मा.वि सालु गैरथोकका पवन भट्टराई सान्तवना भएका छन् ।
कार्यक्रममा बोल्दै उप–प्रमुख कार्कीले बालअधिकारको संरक्षण आजको प्रमुख आवश्यकता भएको बताउनुभएको छ । उहाँले देशैभरिका सम्पुर्ण बालबालिकाको अधिकार सुनिश्चित गरी उनिहरुको विकास र समृद्धिलाई सहाकार पार्नुपर्नेमा जोड्दिनुभएको छ । केन्द्र सरकारकोले लिएको लक्ष्य पुरा गर्न बालअधिकारको संरक्षण, समर्वदन नै पहिलो प्रथमिकतामा परेकोले आगामी दिनमा यसलाई निर्मूल पार्नु पर्ने बताउनुभयो । उहाँले आफुले बालअधिकारको संरक्षण गर्ने पक्षमा सदैव सकारत्मक रहेको प्रतिबद्धता जनाउनुभयो ।
त्यस्तै मन्थली नगरपालिकाका प्रमुक प्रशासकिय अधिकृत हेमनत बुढाथोकीले बाल संरक्षण र उनिहरुको अधिकारका लागि सबैले ध्यान पु¥याएर बालबालिकाको विकासमा जोडदिनु पर्ने बताउनुभयो ।
बेजाताहरुलाई भालि (आइताबार) अन्तराष्ट्रिय बालअधिार दिवसको अवसरमा आयोजित विभिन्न कार्यक्रमका बिच पुरस्कार वितरण गर्ने तयारी भैरहेको मन्थली मा.विका शिक्षाक प्रदिप सुवेदीले जानकारी दिनुभयो ।