Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

सोलुबाट उडेका ११ हेलिकप्टर स् ७ वटा काठमाण्डौ, ३ वटा रामेछाप र एउटा लुक्लामा अवतरण

Milan Ghimire by Milan Ghimire
September 17, 2019
in अर्थतन्त्र, जनता स्पेसल, समाचार, सूचना प्रविधि
0
सोलुबाट उडेका ११ हेलिकप्टर स् ७ वटा काठमाण्डौ, ३ वटा रामेछाप र एउटा लुक्लामा अवतरण
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter
भदौ ३१

काठमाण्डौ – खराब मौसमका कारण सोलुखुम्बुबाट उडेका ११ वटा हेलिकप्टर तितरबितर भएका छन् । ८ वटा हेलिकप्टर सोमबार काठमाण्डौबाट रुम्जाटार बसेर मंगलबार बिहान लुक्ला नजिकैको सुर्केबाट काठमाण्डौका लागि उडेका थिए । यस्तै शुक्रबारदेखि लुक्लामा रोकिएका ३ वटा हेलिकप्टर पनि मंगलबार बिहान काठमाण्डौका लागि उडेका थिए ।

मौसम खुलेको मौकामा सिम्रिक र कैलाश एअरका एक–एक वटा हेलिकप्टर बिहान साढे ८ बजे नै काठमाण्डौ अवतरण भएका थिए । अरु ८ वटा हेलिकप्टर पनि लस्करै काठमाण्डौको लागि उडे, अन्तिम एउटा हेलिकप्टर उड्न नपाउँदै मौसम बिग्रियो । सुर्केमै रह्यो । काठमाण्डौका लागि उडेका ८ वटा हेलिकप्टर केही सिन्धुली, केही पाँचखालको खेतमा अनि केही धुलिखेलमा सुरक्षित अवतरण गरे ।

दिनभरि रोकिएपछि ८ वटा हेलिकप्टरमध्ये सिम्रिकका २ वटा, अल्टिच्यूडको एउटा, कैलाशको एउटा र मनाङको एउटा हेलिकप्टर काठमाण्डौ अवतरण गरे । तर फेरि मौसम बिग्रिएपछि सिम्रिक, श्री र समिट एअरका एक–एकवटा हेलिकप्टर रामेछापको मन्थली विमानस्थलमा बास बस्न गएका छन् । सोलुमै रोकिएको एअर डाइनेस्टीको हेलिकप्टर सोलुको सुर्केबाट बास बस्न लुक्ला तर्फ गएको छ ।

वायु सेवा सञ्चालक संघ भन्छन् आकस्मिक अवतरण होइन, सुरक्षित अवतरण हो

वायु सेवा सञ्चालक संघले सञ्चार माध्यममा हेलिकप्टरको आकस्मिक अवतरण भएको भनेर आएको समाचारको खण्डन गरेको छ । मौसम प्रतिकुलताका कारण पाइलटले सुरक्षित अवतरणको प्रक्रिया अपनाएको संघको विज्ञप्तिमा उल्लेख छ ।

संघले सुरक्षित अवतरण गराएकोमा सबै पाइलट कुशलताको प्रशंसा पनि गरेको छ । हेलिकप्टरका यस्ता उडान र अवतरण सामान्य प्रक्रिया भएकाले आकस्मिक नभनी सुरक्षित अवतरणको रुपमा लिइदिन पनि वायु सेवा सञ्चालक संघले अनुरोध गरेको छ ।

साभार ujyaaloonline

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

सुनकोशी नदीमा हराइरहेका रम्तेलको शव फेला

Next Post

लेक लागेर सोलुखुम्बुमा एक पर्यटकको ज्यान गयो, ८ जनाको उद्धार

Next Post
लेक लागेर सोलुखुम्बुमा एक पर्यटकको ज्यान गयो, ८ जनाको उद्धार

लेक लागेर सोलुखुम्बुमा एक पर्यटकको ज्यान गयो, ८ जनाको उद्धार

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.