लेक लागेर सोलुखुम्बुमा एक पर्यटकको ज्यान गयो, ८ जनाको उद्धार


भदौ ३१

सोलुखुम्बु सोलुखुम्बुको मेरापिक क्षेत्रमा लेक लागेर मंगलबार एक पर्यटकको ज्यान गएको छ ।

ज्यान गुमाउनेमा भारतीय मूलका केन्याका नागरिक ३३ वर्षीय गोविन्द लखमान रहेको सोलुखुम्बु प्रहरीले जनाएको छ । झण्डै चार हजार २०० मिटरको उचाइमा लेक लागेर उनको ज्यान गएको प्रहरी निरीक्षक उत्तम कार्कीले जानकारी दिनुभयो ।

उहाँका अनुसार लेक लागेर बिरामी परेका अन्य ७ जना विदेशी र एक नेपालीसहित ८ जनाको उद्धार गरिएको छ । उनीहरुलाई कैलाश र डाइनेष्टि एअरका हेलिकप्टरबाट उद्धार गरी काठमाण्डौ पठाइएको प्रहरीले जनाएको छ ।

साभार ः ujyaaloonline
तपाईको प्रतिकृया दिनुहोस्