Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

सभामुख महराको अभिव्यक्तिको विरोध

Milan Ghimire by Milan Ghimire
September 18, 2019
in अर्थतन्त्र, जनता स्पेसल, समाचार
0
सभामुख महराको अभिव्यक्तिको विरोध
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, असोज १

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद राधेश्याम अधिकारीले संसदीय समितिका काम–कारबाहीप्रति सभामुख कृष्णबहादुर महराले दिएको अभिव्यक्तिको विरोध गरेका छन् ।

राष्ट्रियसभाको बुधबार बसेको बैठकको विशेष समयमा बोल्दै सांसद अधिकारीले ‘संसदीय समितिले सरकारलाई नियन्त्रण गर्ने होइन’ भनी दिएको अभिव्यक्ति शक्ति सन्तुलनको सिद्धान्तविपरीत भएको जिकिर गरे ।

बिहीबार एक कार्यक्रममा सभामुख महराले ‘संसदीय समितिले सरकारलाई अप्ठ्यारो पार्न नहुने’ अभिव्यक्ति दिएका थिए ।

सांसद अधिकारीले ‘सरकार र राज्यका निकायहरु शक्ति सन्तुलनको सिद्धान्तअनुसार चल्नु पर्छ कि पर्दैन ?’ भनी प्रश्न गरे ।

सरकार र व्यवस्थाप्रति सामाजिक सन्जालमा भइरहेका टीका–टिप्पणीलाई हलुका ढंगले हेर्न नहुने भन्दै सांसद अधिकारीले सामाजिक सन्जाल प्रयोगकर्ता पनि नेपाली नागरिक भएको तथ्य बिर्सन नहुने जिकिर गरे ।

‘गणतन्त्रलाई बदनाम गराउने काम’

सत्तारुढ दल नेकपाका सांसद कालीबहादुर मल्लले स्वतन्त्रतालाई केही व्यक्तिले अराजकता बुझेको आरोप लगाउँदै गणतन्त्रलाई बदनाम गराउने काम भइरहेको दाबी गरे ।

बैठकमा सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

यी हुन् राष्ट्रिय झन्डाका ‘डिजाइनर’, यसरी बन्यो डिजाइन

Next Post

शिवगंगाको बाढीले घर डुबायो, ६ परिवार विस्थापित

Next Post
शिवगंगाको बाढीले घर डुबायो, ६ परिवार विस्थापित

शिवगंगाको बाढीले घर डुबायो, ६ परिवार विस्थापित

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.