Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

भारतकाे कर्नाटक राज्यमा भाजपाका दलित सांसदलाई गाउँ पस्न दिइएन

Milan Ghimire by Milan Ghimire
September 18, 2019
in अर्थतन्त्र, जनता स्पेसल, समाचार
0
भारतकाे कर्नाटक राज्यमा भाजपाका दलित सांसदलाई गाउँ पस्न दिइएन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

असोज १

भारतकाे कर्नाटक राज्यको चित्रदुर्गा संसदीय सिटबाट भारतीय जनता पार्टी (भाजपा) का एक सांसदलाई दलित भएकै कारण उनीहरुकै निर्वाचन क्षेत्रको एउटा गाउँमा जान रोक लगाइएको छ । 

भारतीय सञ्चारमाध्यम इण्डियन एक्सप्रेसको रिपोर्टका अनुसार जनजाति समुदायका लागि आरक्षित चित्रदुर्गा सिटबाट सांसद बनेका ए. नारायणस्वामीलाई सोमबार तुकमुर जिल्लाको पावागडा क्षेत्रको गोलारहट्टी गाउँ जान नदिइएकाे हाे । 

यो गाउँमा काडू गोल्ला जाति (ओबीसी) का मानिसहरु रहन्छन्, उनीहरुले सांसदलाई अछुत भनेर गाउँमा पस्न दिएनन् । स्थानीयहरुले यो उनीहरुको परम्पराको विरुद्ध भएको भन्दै सांसदलाई गाउँ पस्न नदिएका हुन् । प्रशासनले घटनाको जाँच गर्न आदेश दिएको छ । 

स्थानीय टीभी च्यानलमा एउटा भिडियो प्रसारित गरिएको थियो, जसमा सांसद सामाजिक कार्यकर्ताहरुको समूहसँगै गोलारहट्टी गाउँतर्फ जाँदै थिए । सांसद गाउँका मानिसहरुसँग गाउँभित्र पस्न अनुमति लिने कोसिस गरिरहेको र केही स्थानीयहरु उनलाई गाउँ पस्न नदिइरहेको भिडियोमा देख्न सकिन्छ । 

नारायणस्वामीले गाउँका मानिसहरुलाई भने, ‘अरु सांसदहरु भोटका लागि आउँछन्, म विकासको लागि आएको हुँ । तपाईँको समुदायले चुनावमा समर्थन गरेको थियो । म परिवर्तन र विकास चाहन्छु, भोट चाहन्न ।’

एक स्थानीयले सांसदसँग भने, ‘भाइ, तपाईँको समुदायको कोही पनि गाउँमा आउँदैनन् ।’ गाउँलेहरुले दलितहरु गाउँमा पस्दा समुदाय अशुद्ध हुने अन्धविश्वास दिलाउँदै आएका छन्, त्यसपछि सांसद गाउँ गएनन् । 

नारायणस्वामीले भने, ‘म यो घटनाबाट निकै दुःखी छु । केही मानिसहरु म गाउँमा पसेको हेर्न चाहन्थे तर समुदायमा केही संघर्ष नहोस् भनेर म गाउँ गइनँ ।’

स्थानीय जिल्ला अधिकारीहरुले काडू गोल्ला समुदायसँग केही शर्त राखेका छन्, जसका कारण सांसद नारायणस्वामीलाई यो हप्ताको अन्त्यमा गोलारहट्टी गाउँ जाने अनुमति मिलेको छ । 

नारायणस्वामी कर्नाटकबाट चार पटक विधायक बनिसकेका छन् । उनी भाजपाको कर्नाटक पार्टीका मुख्य सचेतक पनि भैसकेका छन्, उनले कर्नाटक सरकारमा क्याबिनेट मन्त्रीको पद पनि सम्हालिसकेका छन् । 

काडू गोल्ला एक पिछडिएको समुदाय हो, उनीहरु चौपाया चराउने र भेडा पाल्ने काम गर्छन् । राज्यका तत्कालीन मुख्यमन्त्री सिद्धारमैयाको नेतृत्वमा कांग्रेस सरकारको समयमा उनीहरुलाई अनुसूचित जातिमा सामेल गराउने प्रतिज्ञा गरेको थिए तर त्यो पूरा हुन सकेको छैन । 

ujyaaloonline


Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

शिवगंगाको बाढीले घर डुबायो, ६ परिवार विस्थापित

Next Post

उत्ताउलाहरुले पाखन्डी कुरा गर्ने जन्मसिद्ध व्यवहार प्रदर्शन गरे : प्रधानमन्त्री

Next Post
उत्ताउलाहरुले पाखन्डी कुरा गर्ने जन्मसिद्ध व्यवहार प्रदर्शन गरे : प्रधानमन्त्री

उत्ताउलाहरुले पाखन्डी कुरा गर्ने जन्मसिद्ध व्यवहार प्रदर्शन गरे : प्रधानमन्त्री

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.