Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

उत्ताउलाहरुले पाखन्डी कुरा गर्ने जन्मसिद्ध व्यवहार प्रदर्शन गरे : प्रधानमन्त्री

Milan Ghimire by Milan Ghimire
September 18, 2019
in अर्थतन्त्र, जनता स्पेसल, फिचर, शिक्षा, समाचार
0
उत्ताउलाहरुले पाखन्डी कुरा गर्ने जन्मसिद्ध व्यवहार प्रदर्शन गरे : प्रधानमन्त्री
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, असोज १

प्रधानमन्त्री केपी शर्मा ओलीले पाखन्डी कुरा गरेर प्रतिगमन लाद्न खोज्यो भन्दैमा अलमलिन नहुने बताएका छन् ।

सातौं राष्ट्रिय विज्ञान दिवसका अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले केही उत्ताउलाहरुले पाखन्डी कुरा गर्ने जन्मसिद्ध व्यवहार प्रदर्शन गरिरहेको आरोप लगाए ।

उनीहरुका उत्ताउला व्यवहारले विकासको पथमा लम्केको सरकारलाई कुनै फरक नपार्ने उनको भनाइ थियो ।

उनले केही स्वार्थी तत्वले मुलुकको विकासभन्दा उपलब्धिलाई भत्काउन खोज्ने प्रयास गरिरहेको भएपनि आफूहरु त्यसमा नअलमलिने स्पस्ट पारे ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले विज्ञान र प्रविधिलाई उत्पादनसँग जोडेर ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूर्तिमा सघाउन वैज्ञानिकहरुलाई आग्रह पनि गरे ।

उनले विज्ञानको क्षेत्रलाई बजेट थपेर काम गर्ने वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको बताए ।

‘हाम्रो परम्परा अन्धविश्वासी होइन, वैज्ञानिक र प्रयोगात्मक हो । यस परम्परालाई आधुनिक प्रविधिसँग जोडेर उन्नत समाज विकासमा लाग्नुपर्छ’–प्रधानमन्त्री ओलीले भने । 

कार्यक्रममा कक्षा–१२ मा विज्ञान विषयमा उत्कृट अंक ल्याउने सात प्रदेशका सामुदायिक र निजी विद्यालयका एक/एक गरी १४ विद्यार्थीलाई पुरस्कृत गरिएको थियो ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

भारतकाे कर्नाटक राज्यमा भाजपाका दलित सांसदलाई गाउँ पस्न दिइएन

Next Post

गणेश अधिकारीको उत्कृष्ट लय तथा शब्द सिर्जनामा आशुको कारखाना भाग २ “ आशुको शहर” सार्वजनिक

Next Post
गणेश अधिकारीको उत्कृष्ट लय तथा शब्द सिर्जनामा आशुको कारखाना भाग २ “ आशुको शहर” सार्वजनिक

गणेश अधिकारीको उत्कृष्ट लय तथा शब्द सिर्जनामा आशुको कारखाना भाग २ “ आशुको शहर” सार्वजनिक

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.