Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

रु १० बाट सुरुभएको सहकारी संस्था २० वर्षपछि ३६ करोडमा

Milan Ghimire by Milan Ghimire
September 21, 2019
in अर्थतन्त्र, जनता स्पेसल, शिक्षा, समाचार
0
रु १० बाट सुरुभएको सहकारी संस्था २० वर्षपछि ३६ करोडमा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मन्थली ४ असोज

नवजागरण बचत तथा ऋण सहकारी संस्थाको २१ औं वार्षिक साधारण सभा आज रामेछापको मन्थलीमा भब्य रुपमा सम्पन्न भएको छ । सहकारी संस्थाले गत आर्थिक बर्ष २०७५÷७६ मा १ करोड ४१ लाख ६ सय ४७ रुपैया नाफा कमाउन सफल भएको छ । संस्थाको आज सम्पन्न २१ औं बार्षिक साधारण सभाका अवसरमा कोषाध्यक्ष जगन्नाथ दाहालले ५ हजार ९ सय ९ जना शेयर सदस्यहरु मार्फत संकलन गरिएको २५ करोड, ३४ लाख १९ हजार ५९ रुपैया बचत र ३ करोड ६३ लाख ४६ हजार ६ सय शेयर पँुजी मध्ये २६ करोड ११ लाख ४६ हजार ६ सय ३३ रुपैया ऋण लगानी बाट प्राप्त ब्याज र अन्य आम्दानी सहित उक्त नाफा भएको बताउनुभयो । उहाँले हाल सम्म संस्थाको ३६ करोड १२ लाख १४ हजार ६ सय १६ रुपैयाको कारोवार एबं संम्पत्ति रहेको जानकारी दिनुभयो ।


सो अबसरमा संस्थाका सचिब सोमेश थापाले सहकारी संस्थालाई गत आर्थिक बर्षमा नेफ्स्कुन दोलखा फिल्ड कार्यालयले उत्कृष्ठ बचत कारोवार गर्ने संस्थाका रुपमा सम्मानित गरेको, संस्था एक्सेस ब्राण्डमा जाने तयारी भैरहेको र चालु आर्थिक बर्ष देखि संस्थाका शेयर सदस्यहरुलाई १७ प्रतिशत शेयर लाभांस दिने गरी गत बर्षको तुलनामा शेयर लाभांसको प्रतिशत बृद्धि गरेको बताउनुभएको छ ।


संस्थाका अध्यक्ष श्याम थापाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमका अबसरमा संस्थाका ब्यवस्थापक रमेश उदाश लाई उत्कृष्ठ कर्मचारीको रुपमा र पत्रकार रमेश ढुंगेललाई सहकारीको क्षेत्रमा कलम चलाउने उत्कृष्ठ पत्रकारका रुपमा नगद ५ हजार सहित प्रमाणपत्रले सम्मान एबं पुरस्कृत गरिएको थियो ।


त्यसैगरी ४ जना जेष्ठ सदस्य, ३३ जना असल शेयर सदस्यलाई सम्मान गरिनुका साथै ३६ जना शेयर सदस्यका बालबालिकाहरुलाई समेत शैक्षिक सामाग्री हस्तान्तरण गरिएको थियो ।
संस्थाले आफ्नो छाता संस्था रामेछाप बचत तथा ऋण सहकारी संस्थालाई १ थान स्टील दराज १÷१ थान टेबुुल र कुर्सी सहित ३५ हजार बराबरको सामाग्री हस्तान्तरण गरेको छ । संस्थाले २० औ साधारण सभाका अबसरमा नेपाल पत्रकार महासंघ रामेछाप शाखालाई १ सेट कम्प्युटर हस्तान्तरण गरेको पनि जानकारी दिएको थियो ।


कार्यक्रमका अबसरमा मन्थली नगर प्रमुख बस्नेतले ऐन नियम अनुसार नचल्ले जुनसुकै सहकारीलाई पनि कार्वाहि गरिने बताउनुभयो । उहाँले सहकारीका शेयर सदस्यहरुले कृषि उपज उत्पादन गरे भने सो बिक्रिका लागि बजार खोज्ने जिम्मा नगरपालिकाले लिने प्रतिबद्धता गर्नुभएको छ । उहाँले एउटा शिर्षका ऋण लाने तर अर्कै शिर्षकमा खर्च गर्ने गर्दा उत्पादन सँग सहकारी नजोडिने गरेको बताउनुभयो । उहाँले खाद्य पदार्थ छिमेकी मुलुक बाट ल्याएर खानु पर्ने बाध्यतालाई हटाउन सके मात्र सहकारी उत्पादनको प्रतिफल देखीने बताउनुभयो ।


सो अबसरमा शेयर सदस्य आनन्द श्रेष्ठ, जिल्ला सहकारी संघ रामेछापका कार्यबाहक अध्यक्ष हिमाल ढुंगेल, जिल्ला बचत तथा ऋण सहकारी संस्थाका लेखा समितिका संयोजक प्रज्ञान खड्का, जिल्ला युवा समिातिका अध्यक्ष प्रकाश कुमार कार्की, नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष रमेश ढुंगेल, रामेछाप उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष केशब घिमिरे लगाएतले सहकारीको विकास र प्रगतिको शुभकामना मन्तब्य राखेका थिए ।


संस्थाका रिक्त पदहरु साधारण सभा मार्फत पुर्ति गर्नुका साथै गत आर्थिक बर्षको सांगठनिक प्रतिबेदन , आर्थिक प्रतिबेदन र आगामी कार्ययोजना साधारण सभाले पास पनि गरेको छ ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

निलकण्ठेश्वर माविको विब्यस अध्यक्षमा : गुञ्जबहादुर श्रेष्ठ

Next Post

रामेछापको शिक्षक सहकारी ले प्रगतिको बाटो चुम्दै

Next Post
रामेछापको शिक्षक सहकारी ले  प्रगतिको बाटो चुम्दै

रामेछापको शिक्षक सहकारी ले प्रगतिको बाटो चुम्दै

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...