रामेछापको शिक्षक सहकारी ले प्रगतिको बाटो चुम्दै


मन्थली ०३ अशोज

सहकारी क्षेत्रबाट मात्रै देश विकास गर्ने सकिने प्रदेश नं ३ का सांसद शान्ति प्रसाद पौडेलले बताउनु भएको छ । शिक्षाक बचत ऋण सहकारी संस्थको १३ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै शुक्रबार रामेछापको मन्थली नगरपालिका १ नागकन्या माविमा गरिएको कार्यक्रम उहाँले आर्थिक सबलिकरण गर्न सकिने बताउनु भयो । उहाँले बौदिक ब्यक्तिहरुले अब राम्रो सहकारीको विकास गरी आर्थिक पक्षको सुधारका लागि भुमिका निर्वाह गर्न जोड्दिनु भयो ।
कार्यक्रममा खिम्ति माविका पूर्व प्रधानाध्यापक पवनराज पौडेललाई संस्थामा राम्रो कामको मूल्याङकन गर्दै प्रमाणपत्र सहित सम्मानित गरिएको थियो ।


त्यस्तै २०७६ सालमा जिल्लाभित्र एस् इ इमा उत्कृष्ट नतिजा ल्याउने ५ जना विद्यार्थीहरुलाई सम्मान गरिएको छ । समानित हुनेमा मन्थली मा.विका अनिल श्रेष्ठ, खिम्ति मा .विका विसु खत्री, खाँडादेवी गाउँ पालिकाका सुदिप श्रेष्ठलाई नगद सहित सम्मानित गरिएको हो ।

कार्यक्रममा संस्थाको कारोबार संस्थाका कोषअध्यक्ष विष्णु थापाले २ करोड बराबारको आय ब्याय प्रस्तुत गर्नुभएको थियो । साथै संस्थाको आगामी कार्ययोजना बारेमा जानकारी दिनुभएको थियो ।
साधारण सभा कार्यक्रमबाट दिनेश कुमार थापाको अध्यक्षतामा ११ जनाकोे नयाँ कार्य समिति चयान पनि गरिएको छ ।

उपाध्यक्षमा लक्ष्मी कुमारी कार्की, सचिवमा विष्णु बहादुर थापा, सह–सचिवमा भोला कार्की , कोषअध्यक्षमा गणेश प्रसाद दाहाल लगायत ११ जना सदस्य चयन गरी संस्थाको विकास गर्ने लागि पर्ने अध्यक्ष्य थापाले बताउनुभयो ।

कार्यक्रममा रामेछाप जिल्लाभित्रका विभिन्न नगर तथा गाउँपालिकाका शिक्षाक शिक्षीकाको उल्लेखिय सहभागिता रहेको थियो ।

तपाईको प्रतिकृया दिनुहोस्