Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

यात्रुको सुविधाका लागि अनलाइन टिकट बुकिङदेखि ‘नो ओभरेटक जोन’ सम्म

Milan Ghimire by Milan Ghimire
September 22, 2019
in अर्थतन्त्र, जनता स्पेसल, समाचार
0
यात्रुको सुविधाका लागि अनलाइन टिकट बुकिङदेखि ‘नो ओभरेटक जोन’ सम्म
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

असोज ५

काठमाण्डौ – दशैँमा गाडीको यात्रा त्यति सहज हुँदैन । भनेको बेला टिकट नपाइने, बस्ने सिट नमिल्ने, उभिएरै जाँदा पनि सकस भोग्नुपर्ने लगायतका समस्या एकातिर हुन्छ भनेर ठाउँठाउँमा बिग्रिएका सडकले पनि सास्ती थप्ने गर्छ । गाडीको चापले कुनबेला घर पुगिन्छ भन्ने ठेगान पनि हुँदैन । यात्रुको यही समस्या समाधान गर्न प्रयास भैरहेको सरकार र यातायात व्यवसायीले बताएका छन् ।

यसैअनुसार आइतबारदेखि बसको अग्रिम टिकट बुकिङ खुलेको छ । यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालका अनुसार कलंकी, बल्खु, नयाँ बसपार्क, पुरानो बसपार्क, कोटेश्वर, तिलगंगा, चावहिल, स्वयम्भू, सुन्धारा, नागढुंगा, भक्तपुरको जगातीलगायत ठाउँबाट अग्रिम टिकट बुकिङ गर्न सकिन्छ ।

यात्रुले पहिलाजस्तो लाइन लागेरै टिकट काट्नु पनि पर्दैन । विभिन्न अनलाइनमार्फत घरमै बसेर टिकट बुकिङ गर्न सकिन्छ । अनलाइनमा गाडी भाडादर ठाउँअनुसार राखिएको हुन्छ ।

रुट इजाजत खुला

अघिल्ला वर्षहरुमा जस्तै यस वर्ष पनि सरकारले देशभर नै गाडीको रुट इजाजत खुला गर्ने भएको छ । सीमित ठाउँमा मात्रै रुट इजाजत पाएका गाडीले तिहार र छठ पर्व सम्म नै देशभर गुड्न पाउनेछन् ।

चाडपर्वका अवसरमा बिनारोकटोक गाडी जुनसुकै ठाउँमा पनि गुडाउन पाउने गरी रुट इजाजत खुला गरिने यातायात व्यवस्था विभागले जनाएको छ ।

१४ ठाउँमा नागरिक सहायता कक्ष

दशैँ, तिहार लगायतका चाडपर्वको समयमा यात्रुलाई पर्न सक्ने समस्यालाई ध्यान दिंदै काठमाण्डौ उपत्यकाका १४ ठाउँमा नागरिक सहायता कक्ष पनि स्थापना भएको छ । टिकट बुकिङ खुला भएसँगै नागरिक सहायता कक्ष सञ्चालनमा आएको हो ।

नागरिक सहायता कक्षले बढी भाडा लिएको, टिकटअनुसार सिट पाउन नसकेको लगायतका समस्याको तत्काल अनुगमन गरी समाधान गर्ने विभागले जनाएको छ ।

अनुगमन समिति

यात्रुलाई पर्न सक्ने समस्या तत्काल समाधान गर्ने उदेश्यले अनुगमन समिति पनि गठन भैसकेको छ । यातायात व्यवस्था विभागको महानिर्देशकको संयोजकत्वमा गठन भएको केन्द्रीय यातायात व्यवस्थापन अनुगमन समितिले काम पनि थालिसकेको छ । यो समितिमा ट्राफिक प्रहरी, यातायात व्यवसायी समितिका प्रतिनिधि सहभागी छन् ।

समितिले बढी भाडा लिने, टिकटअनुसार सिट नपाउने, एउटा गाडीको टिकट काटेर अर्को गाडीमा पठाउने लगायतका समस्या अनुगमन गरी तत्काल समाधान गर्ने विभागको दावी छ ।

प्रदेश र पालिकालाई समेत यातायात व्यवस्थापन गर्न, आवागमनलााई सहज र सुनिश्चित बनाउने जिम्मेवारी दिइएको विभागले जनाएको छ ।

गाडीको प्राविधिक परीक्षण

यस वर्ष काठमाण्डौबाट छुट्ने गाडीको प्राविधिक परीक्षण गरेर मात्र गन्तव्यतर्फ पठाइने व्यवस्था मिलाइएको यातायात व्यवस्था विभागले जनाएको छ । अघिल्ला वर्षहरूमा चाडपर्वको समयमा ग्यारेजमा थन्क्याइएका र बिग्रेका सवारी साधनहरूसमेत सञ्चालनमा ल्याइएकाले बाटोमै बिग्रेर यात्रुले दुःख पाएको, विभिन्न दुर्घटना भएको पाइएकाले यस वर्षदेखि प्राविधिक परीक्षण थालिएको हो ।

बिग्रेको र पुराना गाडी पाइएमा पूर्ण रूपमा मर्मतसम्भार गरी मात्र काठमाण्डौबाट जान दिने व्यवस्था मिलाइएको विभागले जनाएको छ ।

नागढुंगामा ओभरटेक गर्न नपाइने

काठमाण्डौ प्रवेश गर्ने मुख्य नाका नागढुंगामा धेरै जाम हुने भएकाले यस ठाउँमा गाडीले ओभरटेक गर्न नपाउने नियम लगाइएको छ । चाडपर्वको बेला गाडी धेरै गुड्ने, तर तुलनात्मक रूपमा सडक साँघुरो भएको हुनाले नौबिसे–नागढुङ्गा सडकखण्डलाई ‘नो ओभरटेक जोन’ घोषणा गरिएको जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ ।

बढी भाडा लिनेलाई ठाउँको ठाउँ कारबाही

अघिल्ला वर्षहरुमा चाडपर्वका बेला गाडीले जथाभावी भाडा लिने गरेको गुनासो बढेपछि विभागले कडाइ गरेको छ । बढी भाडा लिएको भेटिएमा यो वर्ष ठाउँको ठाउँ कारबाही गर्ने अधिकार अनुगमन समितिलाई दिइएको विभागले जनाएको छ ।

बढी भाडा लिनेलाई जरिवाना गरी लिएको बढी भाडा फिर्तासमेत गराइने विभागको भनाई छ । यातायात व्यवस्था ऐनअनुसार बढी भाडा लिने सवारी साधनलाई पाँच हजार रुपियाँसम्म जरिवाना गर्न सकिने व्यवस्था छ ।

साभार ईमेज

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

मन्थलीमा एल आईसि सि लाइफ इन्सोरेन्सको शाखा स्थापना

Next Post

बाख्रा चराउन गएका दुई बालिकाको पोखरीमा डुबेर ज्यान गयो

Next Post
तिजका लागि छोरी लिन जाँदा आमाको ज्यान गयो

बाख्रा चराउन गएका दुई बालिकाको पोखरीमा डुबेर ज्यान गयो

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.