Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

विकासका आयोजनामा सकारात्मक वातावरण बनाउन स्थानीय नागरिकलाई ऊर्जामन्त्रीकाे आग्रह

Milan Ghimire by Milan Ghimire
September 22, 2019
in अर्थतन्त्र, जनता स्पेसल, विचार, शिक्षा, समाचार
0
विकासका आयोजनामा सकारात्मक वातावरण बनाउन स्थानीय नागरिकलाई ऊर्जामन्त्रीकाे आग्रह
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

असोज ५

काठमाण्डाै – ऊर्जामन्त्री वर्षमान पुनले विकास निर्माणका आयोजनामा सकारात्मक वातावरण बनाउन स्थानीय नागरिकलाई आग्रह गर्नुभएको छ ।

काठमाण्डौमा आइतबार भएको जलविद्युत सम्बन्धी अन्तरक्रियामा मन्त्री पुनले यस्ताे बताउनु भएको हो । पछिल्लो समय विभिन्न आयोजनामा स्थानीयले अनुचित लोभ देखाउँदा लगानीमैत्री वातावरण बिग्रिएको भन्दै मन्त्री पुनले विकासमा अवरोध हुन नदिन सबै सचेत हुनुपर्ने बताउनु भयो ।

कुनै नयाँ आयोजना गाउँमा आउनेबित्तिकै धेरैभन्दा धेरै पैसा निकाल्ने, स्कूल भवन, बाटो, सडक बनाउ भनेर दुख दिने गर्दा लगानीकर्ता निराश भएर भाग्ने वस्था आउन नदिन स्थानीय नै सजग हुनुपर्ने बताउनु भयो ।

केन्द्रीय वा स्थानीय सरकारले नीतिगत रुपमा लगानीको वातावरण बनाउने प्रयासलाई स्थानीय जनताले व्यवहारिक रुपमा विकासमा लगानी मैत्री वातावरण बनाउन आवश्यक रहेको बताउनु भयो ।

यस्तै कार्यक्रममा मन्त्री पुनले स्थानीयसँग समन्वय गरेर निर्माण प्रक्रिया अगाडि बढाउन आयोजना निर्माणकर्ता र लगानीकर्तालाई आग्रह गर्नुभयो ।

मन्त्रालयमा आयोजना निर्माण पक्षले स्थानीयलाई सरोकार नै नराखी समन्वय नगरी काम अगाडी बढाउँदा अप्ठेरोमा परेको गुनासो बोकेर धेरै डेलिगेसन आउने गरेको बताउनु भयो ।

कार्यक्रममा मन्त्री पुनले मोदी खोलाका जलबिद्युत आयोजनाहरुले परेको वातावरणीय प्रभाव मूल्यांकनसम्बन्धी प्रतिवेदन सार्वजनिक गर्नुभएको थियो ।

सरकारले विद्युत ऐनसम्बन्धी मस्यौदा तयार गरेर सार्वजनिक प्रतिक्रिया र छलफलका लागि मन्त्रालयको वेब साइटमा राखेको भन्दै अध्ययन गरी सुझाव दिन पनि उहाँले आग्रह गर्नुभयो ।

imagechenal

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

बाख्रा चराउन गएका दुई बालिकाको पोखरीमा डुबेर ज्यान गयो

Next Post

कागज मिलाउनेलाई होइन काम गर्नेलाई योजना दिनुस् : मन्त्री अर्याल

Next Post
कागज मिलाउनेलाई होइन काम गर्नेलाई योजना दिनुस् : मन्त्री अर्याल

कागज मिलाउनेलाई होइन काम गर्नेलाई योजना दिनुस् : मन्त्री अर्याल

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.