Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

कागज मिलाउनेलाई होइन काम गर्नेलाई योजना दिनुस् : मन्त्री अर्याल

Milan Ghimire by Milan Ghimire
September 22, 2019
in अर्थतन्त्र, जनता स्पेसल, फिचर, समाचार
0
कागज मिलाउनेलाई होइन काम गर्नेलाई योजना दिनुस् : मन्त्री अर्याल
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

असोज ५

भक्तपुर – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले कागज मिलाउन जान्नेलाई नभएर जनताको पक्षमा काम गर्नेलाई विकास योजनाका काम दिन स्थानीय जनप्रतिनिधिहरूलाई आग्रह गर्नुभएको छ ।

राष्ट्रिय सहकारी महासंघ लिमिटेडले मन्त्रालयको सहयोगमा ‘प्रदेश तथा स्थानीय तहको समृद्धिका लागि सहकारी’ विषयमा आयोजना गरेको दुई दिने प्रादेशिक गोष्ठीलाई आइतबार भक्तपुरमा सम्बोधन गर्दै मन्त्री अर्यालले त्यस्तो बताउनुभएको हो ।

मन्त्री अर्यालले योजना बाँडफाँडका क्रममा हुने गरेका बेथितिलाई इङ्गित गर्दै कागज मिलाएर व्यक्तिगत स्वार्थमा प्रयोग गर्नेलाई नभएर सही रुपमा जनताको काममा योजना लगाउनेलाई काम दिन आग्रह गर्नुभयो । ‘योजना माग्न आउँदा कागज बनाएर ल्याउनेलाई मात्र योजना नदिनुस् । काम गर्नेले पाउँदैन । कागज बनाउनेले पाउँछ, निजी स्वार्थमा प्रयोग गर्छ । सबै जनतालाई समेटेर काम गर्नेले योजना पाउँदैनन् । किनकि उसको नेतासँग पहुँच नै छैन र उ दिनदिनै आउन पनि भ्याउँदैन, अनि भेट्न पनि सक्दैन’, मन्त्री अर्यालले भन्नुभयो ।

जनताको अपेक्षा पनि यही भएको भन्दै उहाँले अहिले सरकार ठिक शैलीमा अघि बढिरहेको र निराश हुनुपर्ने कुनै कारण नरहेको उहाँका भनाइ थियो । नेपाली जनताले लामो संघर्षपछि प्राप्त गरेको लोकतन्त्र सबैले कुशलतापूर्वक काम गरेर जनताको मन जित्न सकियो भने सफल हुने भन्दै मन्त्री अर्यालले जनताको मन जित्न नसेकामा जनतामा आशंका र अविश्वास खडा हुने र गणतन्त्र पनि जोगाउन कठिन हुने बताउनुभयो ।

हिजोको परम्परावादी शैलीले अब कुनै पनि काम चल्न नसक्ने भन्दै मन्त्री अर्यालले हिजोकै मान्यता, सोच, काम गर्ने शैलीबाट पार नलाग्ने दाबी गर्नुभयो । अहिले पनि आक्रमण गर्ने, जनआस्था फैलाउने, अविश्वास खडा गर्ने, हाम्रो व्यवस्थामाथि प्रश्न उठाउने ठाउँमा पुर्‍याउनेगरी चलखेल सुरू भइसकेको भन्दै यी कुरालाई चिर्दै अघि बढ्नुपर्ने उहाँको भनाइ थियो ।

एक वर्षको अवधिमा संघीयतालाई कुशलतापूर्वक कार्यान्वयन गर्न सफल भएको भन्दै उहाँले यो सरकारले विश्वमै आश्चर्जनक काम गर्न सफल भएको बताउनुभयो ।

त्यस अवसरमा मन्त्री अर्यालले सहकारी महासंघको तर्फबाट इण्डियन फार्मर फर्टिलाइजर कोअपरेटिभ इफ्कोका व्यवस्थापक प्रबन्धक डा।यु।एस। अवस्थीलाई दोसल्ला र सम्मानपत्रले सम्मान गर्नुभएको थियो ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

विकासका आयोजनामा सकारात्मक वातावरण बनाउन स्थानीय नागरिकलाई ऊर्जामन्त्रीकाे आग्रह

Next Post

राष्ट्रपतिले सभापति देउवाको अपमान गरेको भन्दै विरोध प्रदर्शन

Next Post
राष्ट्रपतिले सभापति देउवाको अपमान गरेको भन्दै विरोध प्रदर्शन

राष्ट्रपतिले सभापति देउवाको अपमान गरेको भन्दै विरोध प्रदर्शन

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.