Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

गोली हानेर मारिएको आतङ्ककारी राँगो कहाँबाट आइपुग्यो न्यूरोडमा ?

Milan Ghimire by Milan Ghimire
September 24, 2019
in समाचार
0
गोली हानेर मारिएको आतङ्ककारी राँगो कहाँबाट आइपुग्यो न्यूरोडमा ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

असोज ७

मासुका लागि तराई मधेसबाट ल्याइएको एक राँगोले वितण्डा मच्चाएपछि मङ्गलबार बिहान प्रहरीले गोली हानेर मारेको छ । महानगरीय प्रहरी वृत्त जनसेवाको टोलीले उक्त राँगो मारेको हो ।

राँगोले वितण्डा मच्चाउन थालेपछि नियन्त्रणमा लिन न्यूरोडको खिचापोखरीमा घेरा हालेर प्रहरीले मार्नुपरेको जनसेवाका प्रमुख डीएसपी बासु पाठकले जानकारी दिए ।

विष्णुमती करिडोर नजिकै राँगो काट्ने स्थान बधशाला छ । डीएसपी पाठकका अनुसार तराईबाट ल्याइएको राँगो विष्णुमती करिडोरबाट रन्थनिएर भागेको हुनुपर्छ । राँगो छट्पटिएर भाग्ने क्रममा तीन जना सामान्य घाइते समेत भएका छन् भने एक ट्याक्सीमा समेत क्षति पुगेको छ ।

प्रहरीका अनुसार नजिकिँदै गरेको दशैंको लागि राँगो तराईबाट काठमाडौं ल्याइएको हो ।

यसअघि पनि काठमाडौँमा राँगाले वितण्डा मच्चाउँदै आएका थिए । २०७५ फागुन ११ गते राँगोले वितण्डा मच्चाउँदा चन्द्रगिरी नगरपालिकामा २ जनाको मृत्यु भएको थियो ।

त्यसबेला आक्रमण गर्ने राँगोलाई प्रहरीले दहचोक पुर्याएर मारेको थियो । राँगोको आक्रमणबाट ७० वर्षीय मानवीर महर्जन घटनास्थलमै मृत्यु भएको थियो भने नायब सुब्बा सानुकान्छा श्रेष्ठको उपचारको क्रममा मृत्यु भएको थियो ।

यस्तै २०७१ मंसिर १५ गते राजधानीको बुद्धनगरस्थित हृयाम्स अस्पताल भित्र भैंसी पसेर वितण्डा मच्चाएको थियो । २ घण्टासम्म पनि भैंसीलाई समात्न नसकेपछि प्रहरीले भैसीलाई गोली हान्नुपरेको थियो ।

त्यतिबेला अस्पतालभित्रै भैंसी दौडिएर ओपीडी कक्षमा प्रवेश गरेपछि बिरामी र कुरुवाहरुको भागाभाग भएको थियो ।

यस्तै २०७३ असार ९ गते एउटा राँगो त्रिपुरेश्वरबाट मच्चिदै सुन्धारातर्फ दौडियो । राँगो अनियन्त्रित तबरले भागेको देखेपछि पैदलयात्रीहरुको भागाभाग नै भएको थियो । त्यतिबेला एक दर्जनभन्दा बढी पैदलयात्रुलाई राँगोले हानेर घाइते बनाएको थियो ।

किन हुन्छ राँगो आतङ्क ?

काठमाडौँमा मासुको प्रयोगका लागि उपत्यकाबाहिरबाट दैनिकजसो रागाँभैसी ल्याउने गरिन्छ । प्रहरीका अनुसार थानकोट नाकाबाट मात्रै दैनिक १०० वटा भन्दा बढि राँगाभैसी उपत्यका भित्रिने गर्छन् ।

दशैंको बेला तराइबाट अन्दाजी १५ वटा ट्रकभन्दा बढीमा राँगाभैसी भित्रिने र अरुबेला ८,९ वटा ट्रकमा दैनिक राँगाभैसी भित्रिने गरेको महानगरीय प्रहरी प्रभाग नाङढुङ्गाका प्रमुख इन्सपेक्टर ज्ञानबहादुर खड्काले बताए ।

इन्सपेक्टर खड्काले भने, ‘एउटा ट्रकमा १६, १७ वटा राँगाभैसी अट्ने गर्छ । सोही आधारमा दशैंको बेला २५० वटा राँगाभैसी उपत्यकामा भित्रिने गर्छ । अरुबेला १०० वटाभन्दा बढी भित्रिने गर्छ ।’

ट्रकमा कोचेर जथाभावी रुपमा ल्याइने राँगाभैसी कालिमाटीस्थित विष्णुमति करिडोरमा ल्याएर झारिन्छ । झार्ने क्रममा ति रागा भैसी भाग्न खोज्छन् ।

तराइदेखि रन्थनिएर आएको राँगो शहर पसेपछि आतंक मच्चाउने गरेको व्यापारीहरु बताउँछन् ।
रातोपाटी साभार

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

सय रुपैयाँको नोटमा लेखियो ‘लुम्बिनी द बर्थ प्लेस अफ लर्ड बुद्ध’, आजदेखि बजारमा उपलब्ध

Next Post

पूर्वी नवलपरासीमा तीन दुर्घटना, ६ जनाको मृत्यु, २३ घाइते

Next Post
पूर्वी नवलपरासीमा तीन दुर्घटना, ६ जनाको मृत्यु, २३ घाइते

पूर्वी नवलपरासीमा तीन दुर्घटना, ६ जनाको मृत्यु, २३ घाइते

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.