Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

पूर्वी नवलपरासीमा तीन दुर्घटना, ६ जनाको मृत्यु, २३ घाइते

Milan Ghimire by Milan Ghimire
September 24, 2019
in अर्थतन्त्र, जनता स्पेसल, समाचार
0
पूर्वी नवलपरासीमा तीन दुर्घटना, ६ जनाको मृत्यु, २३ घाइते
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

परासी असोज ७

पूर्व–पश्चिम राजमार्गअन्तर्गत् पूर्वी नवलपरासीका तीन छुट्टा–छुट्टै स्थानमा भएको दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । २३ जना घाइते छन् ।

नारायणढ–बुटवल सडकखन्डको कावासोती नगरपालिकास्थित खरकट्टा जंगलमा सोमबार राति कार र ट्रक एकापसमा ठोक्किँदा पाँचजनाको मृत्यु भएको छ ।

मृतक सबै कारमा सवार यात्री रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।

सो दुर्घटनामा परी पूर्वी नवलपरासीको देवचुली नगरपालिका–१ का दीपक बिक, देवचुली–५ का डिलबहादुर ढेंगामगर, हिरा राना, दीपेश राना र कैलालीको धनगढीका सुरज रानामगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

नारायणगढबाट बुटवलतर्फ आउँदै गरेको लु१ख ८५३२ नम्बरको ट्रकसित कावासोतीबाट नारायणगढतर्फ जाँदै गरेको बा२१च ६४०९ नम्बरको कार ठोक्किएको थियो ।

दुर्घटनाको समयमा सो स्थानमा हावाहुरीसहित पानी परेको थियो । तीव्रगतिमा रहेको कारले ‘ओभरटेक’ गर्नेक्रममा ट्रकसित ठोक्किएर दुर्घटना भएको अनुमान गरिएको प्रहरी निरीक्षक अधिकारीले बताए ।

कार पूर्णरुपमा क्षतिग्रस्त भएकाले शव निकाल्न करिब दुई घन्टा लागेको प्रहरीले जनाएको छ ।

सो ट्रक र ट्रकका चालक प्रहरी नियन्त्रणमा छन् ।

बस दुर्घटनामा चालकको मृत्यु, १६ घाइते

यस्तै, मध्यविन्दु नगरपालिकाको अरुणखोला जंगलमा सोमबारै राति भएको दुर्घटनामा एकजनाको मृत्यु भएको छ ।

दाङबाट काठमाडौंतर्फ जाँदै गरेको ना७ख ८६४२ नम्बरको यात्रीवहाक बस सडकमा अनियन्त्रित भइ दुर्घटना भएको हो ।

दुर्घटनामा बसका चालक मकवानपुरको हेटौंडाका ३५ वर्षीय लक्ष्मण तिमिल्सिनाको मृत्यु भएको प्रहरीले जनाएको छ । उनको उपचारकाक्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो ।

उक्त दुघटनामा १६ जना घाइते भएका छन् ।

बस दुर्घटनामा सातजना घाइते

त्यस्तै, बुटवलबाट नारायणगढतर्फ जाँदै गरेको ना४ख ९५१० नम्बरको यात्रीवहाक बस मंगलबार बिहान चोरमारा–अरुणखोला सडकको ४० किलो भन्ने स्थानमा दुर्घटना हुँदा सातजना घाइते भएका छन् ।

ती दुवै बस दुर्घटनामा परी घाइते भएकाहरुको नवलपुर, कालीगन्डकी र भरतपुर अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । रासस

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

गोली हानेर मारिएको आतङ्ककारी राँगो कहाँबाट आइपुग्यो न्यूरोडमा ?

Next Post

प्रधानमन्त्रीले दिए राष्ट्रकवि घिमिरेलाई १०१औं जन्मदिनको शुभकामना

Next Post
प्रधानमन्त्रीले दिए राष्ट्रकवि घिमिरेलाई १०१औं जन्मदिनको शुभकामना

प्रधानमन्त्रीले दिए राष्ट्रकवि घिमिरेलाई १०१औं जन्मदिनको शुभकामना

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.