मन्थली, असोज ११,
रामेछापको सदुरमुकाम मन्थलीमा शनिबार सुचना दिवसको मनाइएको छ । अन्तराष्ट्रिय सुचनामा विश्वब्यापी पहुँच दिवसको अवसर पारी सूचनाको हक सम्बन्धी कानुनी ब्यवस्था र ब्यवारिक प्रयोगको अवस्था विषयमा छलफल भएको हो । छलफलमा सुचानको हकमसम्बन्धी कानुन र जिल्लामा यसको प्रयोगको अबस्था, जिल्लाका सम्बन्धित सेवा प्रदायक सस्थाहरुले सुचनाको ब्यवस्थाप्रति गरेको ब्यवास्था, तिनीहरुको सुधारको लागि खेल्नुपर्ने भुमिका, सुचना अझैपनि पत्रकारलाई मात्र दिने भन्ने धारणा भएकाहरु प्रती सुचना प्रत्येक नागरिकको अधिकार भएकोले त्यस्लाई ब्यवस्थित बनाउन हरेक क्षेत्रका मानिसको भुमिका, स्थानिय सरकारको बेरुजुको अबस्थाको बारेमा महालेखा परिक्षकको प्रतिवेदनले ओल्याउदै त्यसलाई स्थानिय सरकारको ध्यानकर्षण गराउने निर्णय गरेको छ ।
कार्यक्रममा मानव अधिकार सजाल रामेछापका अध्यक्ष पाण्डप प्रसाइले सुचनाको हक सम्बन्धी विभिन्न जानकारी दिनुभएको थियो । उहाँले कुनै पनि सुचना सबैले कानुनको परिधी भित्र रहेर सहि सदुपयोग गर्नुपर्नेमा जोड् दिनुभयो ।
कार्यक्रममा सुचनाको हक, प्रयोग, अधिकार , ब्यवस्था सम्बन्धी खुल्ला छलफल भएको थियो ।
कार्यक्रम नागरिक समाज : पारस्पारिक जवाफदेहिता परियोजना र मानवअधिकार संरक्षण संजाल रामेछापको समन्वयमा सम्पन्न भएको हो ।