रामेछाप,असार ९,मिलन बि.क

राष्ट्रिय पुर्ननिमाण प्राधिकरण जिल्ला आयोजना कार्यन्वयन ईर्काइ रामेछापका सवइन्जिनियर हिमाल खड्का माथी कुटपिट भएको छ । खड्कालाई आईतबार राति करिब ९ ः ३० बजे सुनापति गाँउपालिका वडा नं २ दिमीपोखरीका वडा अध्ययक्ष कमल केसीले हातपात गरेका हुन । पिटाईबाट खड्काको दुबै गालामा निलडाम बसेको छ । खड्का स्थानिय एक होटलमा खाना खाईरहेको अवस्थामा वडाअध्यक्षले मादक पर्दथ सेवन गरि,अपशब्द बोल्दै, कठालोमा समातेर अनुहारमा निलडाम हुने लाड्एर निर्घात कुट्पिट गरको आईतबार पत्रकार सम्मेलन गरि जानकारी दिए । वडाअध्यक्ष केसीले प्राविधिकले वडाको लेडर प्याड प्रयोग गरी सामाजिक संजालमा सुचना जारी गरेको भन्दै सवओभरसियर हिमाल खड्कामाथी कुटपिट गरेका हुन ।

खड्काका अनुसार उनि दुई वर्षदेखी विभिन्न वाहानमा र्दुब्यवाहारमा पर्दै आएका छन् । बझाङ जिल्लाको खप्तडछान्ना गाँउपालिका–०६ निवासी २६ वर्षिय खड्कालाई दिमीपोखरीका वडाअध्यक्षले निर्घात कुटपिट गरेको भन्दै सोमबारदेखी सो गाँउपालिकाको काम ठप्प पारेका छन् । पिडीतले अध्यक्षलाई एक हप्ताभित्र कडा कारबहीको माग छन् ।
सोमबार दिँउसो जिल्ला प्रशासन कार्यलयमा जिल्लामा कार्यरत इन्जिनियर समुहले सहायक जिल्ला अधिकारी मार्फत प्रमुख जिल्ला अधिकारिलाई आफुहरु असुरक्षित भएको भन्दै ज्ञापनपत्र बुझाएको छन् । राष्ट्रिय पुननिर्माण प्राधिकरण प्रविधिक सञ्जाल रामेछापका अध्यक्ष अविन्द्र माहतोले दोषिलाई सात दिनभित्र कारबाही नगरे रामेछाप जिल्लाभरीका स्थानीय निकायको पुननिर्माणका काम ठप्प पार्ने चेतावनी दिइएको छ ।