Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

२१ महिनापछि मन्त्रिपरिषद पुनर्गठन, नयाँ मन्त्रीहरुको आजै सपथ

Milan Ghimire by Milan Ghimire
November 21, 2019
in अर्थतन्त्र, जनता स्पेसल, समाचार
0
२१ महिनापछि मन्त्रिपरिषद पुनर्गठन,  नयाँ मन्त्रीहरुको आजै सपथ
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

५ मंसिर

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद पुनर्गठन गर्नुभएको छ । पूनर्गठित मन्त्रिपरिषद्मा छ मन्त्री र तीन राज्यमन्त्री थपिएका छन् भने छ मन्त्री र तीन राज्यमन्त्रीलाई विदाइ गरिएको छ । दुई मन्त्रीहरुको जिम्मेवारी फेरबदल गरिएको छ । थपिएका नयाँ मन्त्रीहरुमा संघीय मामिला तथा स्थानीय विकास मन्त्रीमा हृदयश त्रिपाठी, भौतिक पूर्वाधार तथा यातायात मन्त्रीमा वसन्त नेम्वाङ, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्रीमा पार्वत गुरुङ, कृषि तथा पशुपन्क्षी घनश्याम भुषाल र उद्योग,वाणिज्य तथा आपू्र्ति मन्त्रीमा लेखराज भट्ट आउनुभएको छ ।
त्यसैगरी मोती दुगडलाई उद्योग तथा वाणिज्य राज्यमन्त्री, रामवीर मानन्धरलाई शहरी विकास राज्यमन्त्री, नवराज रावतलाई स्वास्थ्य राज्यमन्त्री बनाइएको छ । उपप्रधानमन्त्री उपेन्द्र यादवले सम्हाल्दै आएको स्वास्थ्य मन्त्रालय भानुभक्त ढकाललाई सुम्पिएको छ भने उहाँलाई कानुन मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।
यस्तै पदमुक्त गरिएकामा कृषिमन्त्री चक्रपाणि खनाल, उद्योगमन्त्री मातृका यादव र भौतिक पूर्वाधामन्त्री रघुवीर महासेठ, संघीय मामिलामन्त्री लालबाबु पण्डित, श्रममन्त्री गोकर्ण विष्ट, महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्री थममाया थापा, पर्यटन राज्यमन्त्री धनबहादुर बुढा, कृषिराज्यमन्त्री रामकुमारी चौधरी रहेका छन् । प्रधानमन्त्री ओलीले पुनर्गठन गरेको मन्त्रिपरिषदको नामाबली राष्ट्रपति कार्यालयले हिजो राति विज्ञप्ति जारी गरेर सार्वजनिक गरेको हो । नयाँ मन्त्रीको शपथ ग्रहण कार्यक्रम आजै हुने जनाइएको छ । प्रधानमन्त्री ओलीले आफ्नो नेतृत्वमा २०७४ फागुन ३ मा सरकार गठन गरेको २१ महिनापछि पहिलो पटक मन्त्रिपरिषद् पुनर्गठन गर्नुभएको हो ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

उपचुनाव सफल पार्ने जिम्मेवार ब्यक्तिसंग छलफल सम्पन्न

Next Post

श्रीलंकामा भाईले गरे दाईलाई प्रधानमन्त्रीमा नियुक्त

Next Post
श्रीलंकामा भाईले गरे दाईलाई प्रधानमन्त्रीमा नियुक्त

श्रीलंकामा भाईले गरे दाईलाई प्रधानमन्त्रीमा नियुक्त

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.