१४, मंसिर,
शनिबार रामेछापको उमाकुण्ड गाउँपालिका वडा नं – १ गुम्देलमा सात दिने बाख्रा पालन तालिम सम्पन्न भएको छ । फ्राड्स नेपालको आर्थिक तथा स्किल नेपालको प्राविधिक सहयोगमा संचालित नि : शुल्क सात दिने ब्यवासायिक बाख्रा पालन तालिम शनिबार सम्पन्न भएको स्थानीय धनबहादुर बस्नेतले जन्ता भ्वास्लाई जानकारी दिनुभयो । उहाँका अनुसार तालिममा १८ जनाको सहभागिता रहेको थियो ।
एक हप्तासम्म दिएको तालिमा रामेछाप जिल्लाभित्र ब्यवसायिक रुपमा बाख्रा पालन गर्दै आउनुभएका गोकुल गंगाका नवराज खड्काले अनुभव बाँड्नुको साथै बाख्रा पालनको लागि आवश्यक परार्मश दिनुभएको थियो ।
त्यस्तै बाख्रा पालन गर्दा आइपर्ने समस्या र रोगहरु नियन्त्रणको लागि वडा पशु तथा भेटेरनरी विभागका दिनेश श्रेष्ठले सहजिकारण गर्नुभएको थियो ।
समापन कार्यक्रममा बोल्दै वडा अध्यक्ष नुर्वु र्शपाले वडाले वडाको कृषि तथा पशुपालनको लागि पहल गर्ने बताउनुभयो ।