१४, मंसिर,
रामेछापको मन्थलीमा शनिबार हुराडेक नेपाल दोलखाद्वारा सञ्चालित नागरिक समाज पारस्पारिक जवाफदेहिता परियोजनाको आयोजना र मानवअधिकार संरक्षण सञ्जाल रामेछापको समन्वयमा स्थानीय सरकारको नीति निर्माण र कार्यान्वयन तथा जिल्लामा विकास योजनाहरुको कार्यान्वयनको अवस्था विषयक साझा सभा कार्यक्रममा सम्पन्न भएको छ ।
मानव अधिकार सञ्जाल रामेछापका प्रमुख पाण्डप् प्रसाईको अध्यक्ष्ता तथा प्रदेश नम्वर ३ का सांसद शान्ति प्रसाद पौडेलको प्रमुख अतिथ्येतामा सभा सम्पन्न भएको हो । यसै अवसरमा बोल्दै प्रमुख अतिथि शान्ति प्रसाद पौडेलले कानुन अनुसार नचल्ने जनप्रतिनिधिहरु विस्तरै हटने बताउनुभएको छ । यसको लागि स्थानीय सरकार भएकाले यसले कानुन बनाएर कानुन अनुसार चल्नु पर्ने उहाँको भनाइ रहेको छ । उहाँले लोकतन्त्रलाई बलियो बनाउन स्वच्छ, पारदर्शिता र निश्पक्ष ढङ्गले अघि बढ्न स्थानीय सरकारलाई सुझाव दिनुभएको छ ।
कार्यक्रममा मन्थली नगरपालिका प्रमुख रमेश कुमार बस्नेतले सुशासन प्रवद्र्धनका लागि मन्थली नगरपालिकाले नियम ,कानुन, विधि तयार गरी कार्यान्वयन गर्ने बताउनुभयो ।
त्यस्तै लिखु तामाकोसी गाउँपालिकाकी उपाध्यक्ष दिपशिखा दाहालले गाउँपालिका आन्तरिक समस्याका कारण बजेट विहिन भएको स्वकानु भयो । सो गाउँपालिकाको चालु आर्थिक वर्षमा बजेट आउन नसकेको स्वकार्नुभएको हो ।
मानवअधिकार संरक्षण सञ्जाल रामेछापका संयोजक पाण्डव प्रसाईको कार्यक्रममा आधरपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा जिल्ला स्थित विषयगत कार्यालयहरुले प्रवाह गरेको कामका बारेमा सम्बन्धीत कार्यालयका प्रमुखहरुले जानकारी गराउनुभएको थियो ।
कार्यक्रममा सहभागीहरुले मन्थली बजारको ढल ब्यवस्थापन हुन नसकेको , बजार अनुगमन र मुल्य निर्धारणमा समानता नभएको, भुकम्प पिडित लाभग्राहीमा पिडितहरुको नाम नआएको, स्वास्थ्य विमा कार्यक्रम प्रभावकारी बन्न नसकेको लगायतका गुनासो गरेका थिए । कार्यक्रममा नागरिक समाजका अगुवा, जनप्रतिनिधि , सरोकारवाला निकायका प्रमुखहरु, राजनीतिक दलका नेता, पत्रकार लगायतको सहभागीता रहेको थियो ।