Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

देशका विभिन्न ठाउँमा भएको उपचुनापमा काहाँ को को विजयी भए,,रामेछापको प्रितीमा नेकपाका उम्मेदवार : पछिल्लो अप्डेट सम्पुर्ण जिल्लाको

Milan Ghimire by Milan Ghimire
December 4, 2019
in अर्थतन्त्र, जनता स्पेसल, समाचार
0
देशका विभिन्न ठाउँमा भएको उपचुनापमा काहाँ को को विजयी भए,,रामेछापको प्रितीमा नेकपाका उम्मेदवार : पछिल्लो अप्डेट सम्पुर्ण जिल्लाको
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

१५, मंसिर

रामेछापको उमाकुण्ड गाउँपालिका–५ प्रितिमा भएको वडा अध्यक्षको उपनिर्वाचनमा नेकपाका उम्मेदवार कुल बहादुर बस्नेत दोब्बर मतले विजयी हुनुभएको छ । उहाँले कांग्रेसका उम्मेदवार सावित्री सुनुवारलाई पराजित गर्दै निर्वाचित हुनुभएको हो । ११ सय ७३ मत मध्ये बस्नेतले ७ सय ६९ मतले विजयी हुनुभएको हो । उहाँको निकटतम प्रतिद्धन्द्धी साबित्री सुनुवारले ३ सय ८० मत प्राप्त गर्नुभएको छ । तत्कालिन वडा अध्यक्ष कुविर खत्रीको ढेड बर्ष अघि निधन भएपछि वस्नेतले १८ महिना कार्यवहाक अध्यक्षको रुपमा जिम्मेवारी सम्हाल्नुभएको थियो ।
यसैबिच नवनिर्वाचित वडा अध्यक्ष कुल बहादुर बस्नेतले निर्वाचनमा गरेको प्रतिबद्धता अनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । विजयी भएपछि जनता भ्वास्संग कुरा गर्दै वस्नेतले जनताको आवश्यकतालाई पहिचान गरेर प्राथमिकताको आधारमा काम गर्ने बताउनुभयो । निर्वाचनमा अमुल्य मत दिएर निर्वाचित गराउने मतदालाई विशेष धन्यवाद दिदै निर्वाचनमा विजयी गराउनको लागि खेलेको भूमिकाको उच्च सम्मान गर्ने बताउदै जनताको जनचाहना अनुसार नै काम गर्ने बताउनुभयो ।


उता अर्घाखाँचीको मालारानी गाउँपालिका ३ मा नेपाली कांग्रेसका उम्मेदवार शोभाखर खनाल ११ सय ५९ मत प्राप्त गरेर विजयी हुनु भएको छ । निकटतम प्रतिद्वन्द्वी नेकपाका यमलाल खनालले भन्दा १सय ६ भोट बढी ल्याएर शोभाखर खनाल विजयी हनु भएको हो । नेकपाका यमलालले १ हजार ५३ मत प्राप्त गर्नुभयो । कुल २२ सय २५ मत खसेकोमा ९ मत बदर भए । राप्रपाका रणबहादुर खनालले ४ भोट प्राप्त गर्नु भएको छ ।


उता बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर ६ को अध्यक्षमा नेकपाका उम्मेदवार रामशरण थारु विजयी हुनुभएको छ । कुल दुई हजार २६ मतदाता ध्ये एक हजार ६३४ मत खसेकोमा थारु ८०० मत प्राप्त गरी विजयी हुनुभएको हो । नेपाली कांग्रेसका श्रीकृष्ण थारुले ७ सय ३६ मत पाउनुभयो । राप्रपाका श्रीधर सुवेदीले ६१,नेमकिपाका दिपा लक्ष्मी हमालले १३ र समाजवादीका शुभाखर पोख्रेलले १० मत पाउनुभयो । नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष रामसोहन थारुको निधन भएपछि शनिबार कोहलपुर ६ मा उपचुनाव भएको हो । खसेको मतमध्ये १४ मत बदर भएको थियो ।


यता नवलपरासी पूर्व नवलपुरको बौँदीकाली गाउँपालिका वडा नम्बर ५ मा वडा अध्यक्ष पदका लागि भएको उपचुनावमा नेकपाका उम्मेदवार खिमबहादुर थापा खरु मगर विजयी हुनुभएको हो । उहाँले ३ सय ६७ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार तुलबहादुर रानाले २ सय ११ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत अर्जुन अधिकारीले बताउनुभयो ।


उता पाँचथरमा फिदिम नगरपालिका–१, मा सतारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपा का उम्मेदवार गजाधर भट्टराई भारी मत अन्तरले विजयी हुनुभएको छ । कुल ३ हजार ६ सय ७६ मतदातामध्ये २ हजार ६ सय ८२ मत खसेकोमा भट्टराईले १ हजार ४ सय ४६ मत प्राप्त गरी विजयी हुनुभएको हो । नेपाली कांग्रेसका उम्मेदवार सुबराज थापाले ९ सय ७२ मत पाउनुभयो । भट्टराई ४ सय ७४ मत अन्तरले विजयी हुनुभएको हो । यो वडामा नेपाली कांग्रेसबाट निर्वाचित हर्कबहादुर मोत्तानको निधनपछि उपचुनाव भएको हो ।

उता प्युठान नगरपालिका वडा नं। २ को वडाध्यक्षमा नेकपाका उम्मेदवार विजयी भएका छन् । नेकपाका उम्मेदवार मुक्ति पोख्रेल ११२७ मत ल्याएर वडाध्यक्षमा विजयी हुनुभएको निर्वाचन आयोगले जनाएको छ । उहाँका प्रतिष्पर्धी कांग्रेसका मोहनसिंह विष्टले ८४३ मत ल्याउनुभयो ।

यता सर्लाहीको हरिपूर्वा नगरपालिका(१ मा वडाध्यक्षको लागि भएको उपचुनावमा समाजवादी पार्टीका उम्मेदवार श्यामबाबु राय ३ सय ४७ मत ल्याएर विजयी हुनुभएको छ । त्यस्तै उहाँको निकटतम प्रतिद्वन्द्वी राजपा नेपालका राम विश्वास रायले ३२८ मत ल्याउनुभएको छ भने नेकपाका उम्मेदवार दोस महम्मद अन्सारी पनि ३२८ मत ल्याएर पराजित हुनुभएको छ ।

उता बैतडीको दोगडाकेदार गाउँपालिका ४ को वडाध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी भएका छन् । कांग्रेसका सुरेन्द्रप्रसाद भट्टले ५८४ मत ल्याएर विजयी हुनुभएको निर्वाचन आयोगले जनाएको छ । उहाँका प्रतिष्पर्धी नेकपाका नरेन्द्रप्रसाद भट्टले ४८४ मत ल्याउनुभयो ।

यता सिरहाको कल्याणपुर नगरपालिका–१२ को वडाध्यक्षमा नेकपाका उम्मेदवार दिलिपकुमार यादव विजयी हुनुभएको छ । जम्मा ३ हजार ४ सय ५० मतदाता रहेको यो ठाउँमा २ हजार ४ सय ८१ मत खसेको थियो । नेकपाका दिलिपकुमार यादवले ८ सय २५ मत प्राप्त गरी विजयी हुनुभएको हो । राजपा नेपालका उम्मेदवार प्रदिप महतोले ६ सय ५४ मत र नेपाली कांग्रेसका राजकुमार मुखियाले ६ सय १५ मत प्राप्त गर्नुभएको थियो ।

यता भोजपुरको पौवादुङ्मा गाउँपालिका वडा नम्बर १ को अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी९नेकपा० का उम्मेदवार जितेन्द्र राई विजयी हुनु भएको छ । हिजो भएको उपचुनावमा राई ६ सय ९१ मत ल्याएर विजयी हुनु भएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार समरबहादुर कार्की २ सय ५४ मत प्राप्त गर्नुभयो । मंगोल नेसनल अर्गजनाईजेसनको तर्फबाट कला राईले ३ मत प्राप्त गर्नुभयो ।

यता धुलिखेल नगरपालिका वडा नम्बर २ को अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टीनेकपा का उम्मेदवार देवप्रसाद कोइराला विजयी हुनु भएको छ । नेकपा उम्मेदवार कोइराला ८६७ मतसहित विजयी हुनु भएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार दर्णबहादुर खत्रीले ५८२ मत प्राप्त गर्नुभयो ।
उता दाङ ( घोराही उपमहानगरपालिका १६ मा नेपाली कांग्रेस विजयी भएको छ । नेपाली कांग्रेसका उम्मेदवार ताराबहादुर डाँगीले नेपाल कम्युनिष्ट पार्टी नेकपाका उम्मेदवार सुरेशबहादुर केसीलाई पराजित गर्दै वडा अध्यक्षमा विजयी हुनुभएको हो । कांग्रेसका उम्मेदवार डाँगीले १२१८ र केसीले १११७ मत ल्याउनुभयो । यहाँ ४ हजार ४ सय ५३ मतदातामध्ये ३ हजार दुई सय २६ जनाले मतदान गरेका थिए । ६८ मत बदर भएको थियो । गएको चुनावमा यो वडामा नेकपा एमालेबाट लछिनप्रसाद बुढा विजयी हुनुभएको थियो । बुढाको निधन भएपछि उपचुनाव भएको हो ।


यसैबिच निर्वाचन आयोगले हिजो सम्पन्न उपनिर्वाचनमा ६५.४३ प्रतिशत मत खसेको प्रारम्भिक विवरण सार्वजनिक गरेको छ । उपनिर्वाचनमा चार लाख ५४ हजार ११४ जना मतदाता रहेकामा दुई लाख ९७ हजार १३७ जनाले मतदान गरेको आयोगले जनाएको छ । हिजो साँझ आयोगको केन्द्रीय कार्यालय काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन शान्तिपूर्णरुपमा सम्पन्न भएको जानकारी दिनुभयो

उपनिर्वाचनमा सबैभन्दा धेरै हुम्ला र रौतहटमा र सबैभन्दा कम रोल्पाको थवाङ गाउँपालिमा मतदान भएको जनाइएको छ । उपनिर्वाचनमा विभिन्न चारओटा राष्ट्रिय पर्यवेक्षण संस्था, कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिलगायत ४ सय १९ जनाबाट पर्यवेक्षण र अवलोकन भएको थियो । मतगणना सुरु भएको १२ घन्टाभित्र झन्डै ५० प्रतिशत स्थानको मतगणना सम्पन्न गरिसक्ने अयोगको तयारी गरेको पत्रकार सम्मेलनमा जनाएको छ ।

साभार ःविभिन्न अन्लाईन

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

स्थानिय सरकार विधिको साशनमा चलनु पर्छ : प्रदेश सांसद शान्ति पौडेल

Next Post

रामेछापमा १३ वर्षीय बालिका बलात्कृत,करणी गर्ने युुवा पक्राउ

Next Post
रामेछापमा १३ वर्षीय बालिका बलात्कृत,करणी गर्ने युुवा पक्राउ

रामेछापमा १३ वर्षीय बालिका बलात्कृत,करणी गर्ने युुवा पक्राउ

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.