Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

रामेछापको चुचुरेमा भिषण आगोलागी, सहयोगको अपिल

Milan Ghimire by Milan Ghimire
December 9, 2019
in जनता स्पेसल, समाचार
0
रामेछापको चुचुरेमा भिषण आगोलागी, सहयोगको अपिल
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

२३, मंसिर,

रामेछापको गोकुल गंगा गाउँपालिका वडा नं १ चुचुरेमा एक घरमा आगोलागी भएको छ । स्थानीय ५३ वर्षीय खिल बहादुर कार्कीको घरमा आईतबार राती ८ स् ४५ बजेको समयमा खाना खाएर सुतिसेको अवस्थामा छोपेर राखेको आगो हावाले उडाउदा आगोलागी भएको थियो । आगोलागिबाट एक दुई तले पक्कि घर र एक गोठ जालेर नष्ट भएको सोही वडाका वडा अध्यक्ष मनि कुमार लामाले जनता भ्वास्लाई जानकारी दिनुभयो । ६ जना परिवार बस्दै आएको घरमा एक्कासी आगोलाग्दा परिवार विचल्लीमा परेका छन् । आगो आइतबार राती करिब १० स् ०० बजेको समयमा स्थानीय र प्रहरी चौकी शिवलयबाट पुगेको प्रहरी टोलिले नियन्त्रणमा लिएको थियो । आगोलागीबाट १६ लाख ३६ हजार ५ सय बराबरको क्षतिभएको छ ।

सहयोगको गर्न सुरु

यसैबिच आगोलागी पिडित परिवारलाई विभिन्न संघ संस्थाले सोमबार सहयोग रकम हस्तान्तरण गरेका छन् । सोमबार वडा अध्यक्ष लामाले दिएको जानकारी अनुसार वडाले तत्काल बैठकबसी पिडित कार्कीको परिवारलाई नगद ५ हजार र ५ थान न्यानो बलाङ्केट वडाले उपलब्ध गरेको छ । साथै वडा अध्यक्ष लामाले ब्यतिगत १५ हजार, वडा सदस्यहरु होम प्रसाद दहालले ५ हजार, भिक बहादुर कार्कीले २ हजार, शान्त मायाँ बि।कले २५ सय, शिवलाय युवा कल्वले १० हजार, र्फपुका वडा अध्यक्ष नरबिक्रम कार्कीले २५ सय, रस्नालुका वडा अध्यक्षले चन्द्र बहादुर सुनुवारले १५ हजार सहयोग गर्नुभएको छ ।
त्यस्तै विभिन्न संघ संस्था र आफन्ता छिमेकी लगायतले सोमबार १ लाख ३० हजार रुपैँया सहयोग रकम उपलब्ध गरेका छन् । यो क्रम जारीरहेको पनि बताएको छ । साथै उनीहरुले कार्कीको परिवारलाई सहयोग गर्ने सबैलाई अपिल गरेका छन् ।
सहयोग गर्न चाहाने जोकोहीले कार्कीर्की श्रीमती राधिका कार्कीको सनराईज बैंकको खाता नं ११६०६९१८४२०५००१ मा रकम संकलन गर्न सक्ने बताएका छन् ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

अम्बाको रुखमा झुुण्डिएर रामपुरमा एक महिलाले आत्महत्या गरिन्

Next Post

हिंसा अन्त्यमा कठिनाई: महिलाको शत्रु महिला

Next Post
हिंसा अन्त्यमा कठिनाई: महिलाको शत्रु महिला

हिंसा अन्त्यमा कठिनाई: महिलाको शत्रु महिला

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.