भगवती न्यौपाने २३ मंसिर, कपिलवस्तु
हरेक समाज, राष्ट्रमा लैङ्गिक मैत्री घर र परिवार हुनु आवश्यक रहेको वडा नम्वर ८ का वडा अध्यक्ष गुणनिधि भुषालले बताउनु भएको छ । “समानताको पुस्ता, बलात्कार विरुद्ध ऐक्यवद्धता” भन्ने मुल नाराका साथ सुरु भएको लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा बाणगंगा नगरपालिका वडा नं. ८ मोर्मीमा लैङ्गिक सचेतना अभियान कार्यक्रमा बोल्दै उहाँले यस्तो बताउनु भएको हो । लैङ्गिक समानता भएकोे समाज बनाउन सकेमा मात्रै देशमा छोटो समयमा विकासले फड्को मार्ने उहाँले बताउँनुभयो । वडा अध्यक्ष भुषालले रजश्वला अर्थात महिनावारी भएको बेला महिलालाई फरक दृष्ट्रिकोणले हेर्न मानसिक्ता हटाउन आवश्यक रहेको तर्क समेत गर्नु भयो । कार्यपालिका सदस्य गिता भुषालले महिलालाई बोक्सी भन्ने, बाल विवाह गराउने, छोरी भएमा गर्वपतन गराउने चलन हटाउन सकेमा सभ्य समाजको निमार्ण हुने बताउनु भएको छ । वाणगंगा नगरपालिका वडा नं. ८ र घरघरमा शिक्षा तथा आत्मनिर्भर विकास संस्था नेपालको संयुक्त आयोजनामा भएको सचेतना कार्यक्रममा ५६ जना महिलाको सहभागीता रहेको थियो ।
घरघरमा शिक्षा तथा आत्मनिर्भर विकास संस्थाका अध्यक्ष थानकला पौडेलले समाज परिवर्तन गर्न महिला सक्रिया भएर लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले समाजमा विभिन्न किसिमका समाजिक घटनहरु हुने गरेको भन्दै यसको लागी महिला सचेत र सजक हुन आवश्यक रहेको बताउँनुभयो ।
कार्यक्रममा संस्थाका कार्यक्रम सयोजक दुर्गा अर्याल, टोल विकास संस्थाका अध्यक्ष सक्रन्ती थारु, बडा सदस्य शिवा पाण्डे लगायतले बोल्दै समाज परिवतर्न गर्न सम्पूर्ण महिलाहरु आफैबाट सुरुवात गर्नुपर्नेमा जोड दिनुभयो । उहाँहरुले स्थानिय महिलाहरुले छलफलका क्रममा समाजमा महिलाको शत्रु महिला नै भएको बताउँनुभएको थियो । उक्त कार्यक्रम २१ गते बालापुरमा २२ गते बोडगाउँचोक र आईतबार मोर्मिमा सम्पन भएको थियो ।