भगवती न्यौपाने, कपिलवस्तु २४ मंसिर,
देश समृद्ध हुन परिवार खुसि र समृद्ध बन्न जरुरी रहेको वाण्नागंगा नगरपालीकाका उपप्रमुख चक्रपाणी अर्यालले बताउनु भएको छ । दिगो तथा मर्यादित सामाजिक आर्थिक सशक्तिकरण कार्यक्रम सिड्स को पारिवारीक विकास योजना कार्यान्वया सम्बन्धि सरोकारबाला संग अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो ।
स्टोमा फाउन्डेसन र सामाजिक विकास केन्द्रको सहकार्य र वाणगंगा नगरपालिकाको समन्वयमा भएको कार्यक्रममा कार्यक्रममा वडा नम्बर ३ का सन्तराम रौतार, वडा १० का रामविहारी थारु, ११ वडा का शोमनाथ अर्यालले कार्यक्रममा बोल्दै फाल्गुण महिनासम्म वडालाई बाल मैत्री घोषणा गर्ने तयारीमा रहेको बताउनुभएको छ ।
कार्यक्रममा सिद्धार्थ सामाजिक विकास केन्दका अध्यक्ष तेजप्रसाद अचार्यले नगर समृद्ध बनाउन संगसंस्थाले यहाँका सरकार सग सहकार्य गर्न जरुरी रहेको बताउनु भएको छ । यसका लागि आफु सधै सहकार्य गरेर अगाडी बढ्ने तर्क गर्नु भयो ।
कार्यक्रम संयोजक आर टि खानले कार्यक्रमको उदेश्य बारे बताउदै सन २०२३ सम्ममा ३,१० र ११ वडाका १५ सय घरधुरि अर्थात ८ हजार ५ सय ९७ व्यक्ति यस कार्यक्रमबाट लाभान्गित हुने बताउनु भएको छ । साथै अहिले सम्मको कामको प्रगतिको समिक्षा गर्नुभएको थियो । फोकल पर्शन प्रकाश घिमिरेले पारिवारीक विकास योजनाका बारेमा बताउदै लक्षित कार्यक्रम अन्तर्गत संम्वाद केन्दमा आउने किरोर किशोरीहरुकोे सहभागितामा परिवारको आर्थिक पारिवारीक अगाडी बढाउन उनीहरुको दायित्य के हो ? के गर्न सक्छन् यसको मुख्य उदेश्य भनेको के हो? बताउनु भएको थियो ।आचार्यको अध्यक्षता, मिल अफिसर काशिराम भट्राईको स्वागत मन्तव्यमा भएको कार्यक्रमको सञ्चालन कार्यक्रम अधिकृत गिता अर्यालले गनुृ भएको थियो । कार्यक्रममा टोलविकासका पदाधिकारी, विभन्न संग संस्थाका पदाधिकारी लगायतको उपस्थिति रहेको थियो ।