मंसिर, २५
काठमाडौं – पुष्पकमल दाहाल प्रचण्ड नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष हुन् । प्रचण्डले प्रधानमन्त्रीको रुपमा मुलुकको २ पटक बागडोर सम्हालिसकेका छन् । १० वर्ष जनयुद्धको तयारी, १० वर्ष जनयुद्धको नेतृत्व र १० वर्ष शान्तिप्रक्रियाको नेतृत्व गरेका प्रचण्डबारे २१ तथ्य यहाँ प्रस्तुत छ ।
१.मुलुकको ३९ औँ प्रधानमन्त्रीमा निर्वाचित नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको जन्म वि.सं. २०११ मंसिर २६ गते कास्की जिल्लाको ढिकुरपोखरी गाविस २ लेवाडेमा भएको हो। पिता मुक्तिराम र माता भवानीका जेठो छोरा प्रचण्डको प्रारम्भिक शिक्षा कास्कीको ढिकुरपोखरीमै भयो।
२. दाहाल परिवार प्रचण्ड ९ वर्षको हुँदा वि.सं. २०१९ मा ढिकुरपोखरी २ बाट चितवनको भरतपुर शिवनगरमा बसाईं सरेको थियो।
३. प्रचण्डले २०२६ चितवनको नारायणी विद्या मन्दिर माध्यमिक विद्यालयबाट एसएलसी परीक्षा उत्तीर्ण गरे। २०२७ देखि २९ सालसम्म पाटन बहुमुखी क्याम्पसमा आइएस्सी अध्ययन गरेका उनले ३१ सालदेखि ३३ सालसम्म चितवनस्थित रामपुर कृषि क्याम्पसबाट कृषिमा बिएस्सी गरेका छन्। उनले जनप्रशासन क्याम्पसबाट एमपीए अध्ययन गरेका छन्।
४. कक्षा १० अध्ययन गर्दा उनले आफ्नो न्वारानको नाम छविलाल दाहाल परिवर्तन गरी पुष्पकमल दाहाल राखेका हुन्। २०३८ देखि २०६३ सालसम्म भूमिगत रहँदा उनको ‘टेक’ नामहरु फेरिँदै गए, कल्याण, विश्वास, निर्माण हुँदै अन्त्यमा उनी प्रचण्ड नामबाट चिनिए। उनी आफूलाई पुष्पकमल भन्दा प्रचण्ड भन्न रुचाउँछन्।
५. प्रचण्डले २०२६ साल बैशाखमा सीता पौडेलसँग विवाह गरेका हुन्। उनका तीन छोरी र एक छोरा छन्।
६.२०२९ सालमा प्रचण्डले चितवन शिवनरगको नारायणी विद्या मन्दिर माविमा पढाए। त्यसपछि नवलपरासीको डण्डा माध्यमिक विद्यालयमा पढाए। २०३३ देखि ३५ सम्म उनले भीमोदय माध्यमिक विद्यालय आरुघाट, गोरखामा पढाए। २०३२ सालतिर केही समय उनले युएसएआइडीमा काम गरे।
७. प्रचण्ड आफ्ना छिमेकी धनबहादुर विकको प्रेरणामा कम्युनिस्ट राजनीतिमा लागेका हुन्। विकले प्रचण्डलाई रूपलाल विश्वकर्मासँग चिनजान गराइदिएका थिए। रुपलालसँगको चिनजानपछि प्रचण्डको सम्पर्क पुष्पलाल श्रेष्ठसँग भयो। चौथो महाधिवेशनपछि उनको भक्तबहादुर श्रेष्ठसँग घनिष्ठ सम्बन्ध रह्यो। त्यसपछि प्रचण्डको राजनीतिक जीवनको आरम्भ तत्कालीन पुष्पलाल समूहमा २०२८ सालमा प्रवेश गरेपछि भएको थियो।
८. २०२८ सालमा पुष्पलाल समूहमा पार्टी सदस्यता लिएर राजनीति प्रारम्भ गरेका प्रचण्डले रामबहादुर थापा बादल, मित्र दवाडी, खेम भण्डारी र पुष्प भुर्तेलससँग मिलेर २०३१ सालमा मार्क्सवादी अध्ययन समूह गठन गरेका थिए। उनी २०३४ सालमा चौथो महाधिवेशनमा प्रवेश गरी २०३५ सालमा पूर्णकालीन कार्यकर्ता र २०३६ सालमा चितवन जिल्ला समिति सदस्यमा निर्वाचित भए। प्रचण्ड २०३८ सालमा क्षेत्रीय ब्यूरो सदस्य एवं अखिल नेपाल युवक संघको केन्द्रीय समितिको महासचिव भई २०४० मा संघको केन्द्रीय अध्यक्षमा निर्वाचित भएका थिए।
९. भक्तबहादुर पार्टीको महामन्त्री हुने बेला प्रचण्ड क्षेत्रीय ब्युरो सदस्य थिए। ३९ सालमा निर्मल लामा र मोहनविक्रम सिंहबीच विवाद भएपछि प्रचण्ड त्यसबेला मोहनविक्रमतिर लागे। त्यतिबेलै उनी मोहन वैद्यसँग नजिकिए। तर वैद्य मोहनविक्रमबाट छुट्टिएर नेकपा ‘मशाल’ का महामन्त्री भए। त्यसबेला गोप्य योजना बनाई सशस्त्र विद्रोहको तयारी गर्ने वैद्यको योजना प्रहरीकहाँ पुगेपछि दर्जनौं कार्यकर्ता पक्राउ परेका थिए। यो घटना सेक्टर काण्डको नामले पनि चिनिन्छ।त्यसपछि वैद्यले नैतिकताका आधारमा राजीनामा दिई प्रचण्डलाई महामन्त्री पदमा सिफारिस गरे। त्यसअघि उनी २०४१ मा नेकपा ९मशाल० को पाँचौ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए भने २०४२ मा पोलिटब्युरो सदस्य बनेका थिए। उनी २०४६ सालमा नेकपा ९मशाल० को महामन्त्री बनेका हुन्।
१०. २०४६ सालको जनआन्दोलनपछि तत्कालीन चार कम्युनिस्ट पार्टीहरू ‘मशाल’, चौथो महाधिवेशन, सर्वहारावादी श्रमिक सङ्गठन र विद्रोही मसाल मिलेर बनेको एकता केन्द्रको समेत प्रधानमन्त्री प्रचण्ड २०४८ सालमा नेकपा ९एकता केन्द्र० को महामन्त्री भए।
११. २०५१ सालमा तत्कालीन नेकपा–एकता केन्द्रको प्रथम राष्ट्रिय सम्मेलन पछिको बसेको तेस्रो विस्तारित बैठकपछि पार्टीको नाम फेरेर नेकपा ९माओवादी० राखेपछि महामन्त्री भएका प्रचण्डले २०५२ सालदेखि सुरु भएको जनयुद्धको नेतृत्व गरे।
१२. २०५७ सालमा भारत, पन्जाबको जालन्धरमा सम्पन्न तत्कालीन नेकपा माओवादीको दोस्रो राष्ट्रिय सम्मेलनबाट प्रचण्ड नेकपा माओवादीको अध्यक्ष बने। त्यससँगै उक्त सम्मेलनबाट प्रचण्डपथको अवधारणा पास भयो। प्रचण्डपथको विषयलार्इ लिएर पार्टी भित्रै उनका केही आलोचक पनि जन्मिए। प्रचण्डपथको अवधारणा ल्याउने प्रस्तावक नेता बादल भएको प्रचण्डले केही साताअघि मात्रै राजधानीमा भएको एक कार्यक्रममा खुलाएका थिए।
१३. दोस्रो राष्ट्रिय सम्मेलनले पारित गरेको दस्तावेज अनुरूप माओवादीले २०५८ सालमा आफ्नो छुट्टै ‘जनमुक्ति सेना, नेपाल’ गठन गर्यो, जसको सर्वोच्च कमान्डरको जिम्मेवारी प्रचण्डले लिए। २०६१ भदौमा फुन्टिबाङमा सम्पन्न बैठकले रणनैतिक प्रत्याक्रमणको योजना कार्यान्वयन गर्न पार्टीको सैन्य र राजनैतिक फाँट दुवैमा प्रचण्डकै नेतृत्व हुनुपर्ने निर्णय गरेपछि तत्कालीन माओवादी नेता डा। बाबुराम भट्टराई समूहसँग उनको मतान्तर हुन पुग्यो।
१४. प्रचण्ड २०६३ साल असार २ गते प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक भए।
१५.२०६४ साल चैतमा भएको संविधानसभा निर्वाचनमा माओवादी सबैभन्दा ठूलो पार्टी बनेपछि प्रचण्ड २०६५ साल साउनमा प्रधानमन्त्रीमा निर्वाचित भए।
१६. २०६९ सालमा वृहत्तर लुम्बिनी विकास निर्देशक समितिको अध्यक्ष समेत बनेका उनी २०६९ सालमा हेटौंडामा सम्पन्न राष्ट्रिय सम्मेलनबाट अध्यक्ष पदमा चुनिएका थिए।
१७. २०७० सालमा विराटनगरमा सम्पन्न एकताको महाधिवेशनबाट पुनःअध्यक्ष पदमा निर्वाचित बनेका प्रचण्डले उच्चस्तरीय राजनीतिक समितिको संयोजकको भूमिका समेत निर्वाह गरेका छन्।
१८. प्रचण्डका नेपाली क्रान्तिका समस्या ९भाग १, २ र ३०, सांस्कृति, कला र सौन्दर्य चिन्तन, प्रचण्डका छानिएका रचनाहरु ९खण्ड १ र २० तथा प्रचण्डका छानिएका सैन्य रचनाहरु लगायतका पुस्तक प्रकाशित छन्।
१९. उनी २०६४ सालमा सम्पन्न संविधानसभा निर्वाचनमा काठमाडौं १० र रोल्पा २ बाट निर्वाचित भएका थिए। २०७० मंसिरमा सम्पन्न दोस्रो संविधानसभाको निर्वाचनमा सिराहा ५ बाट निर्वाचित प्रचण्ड ६ जेठमा भएको विभाजित माओवादीबीचको एकताबद्ध पुन स् अध्यक्षमा चुनिएका थिए।
२०. २०५२ सालमा भूमिगत हुनुभन्दा केही समयअघि प्रचण्डकी आमा क्यान्सरको बिरामीले थला परिन्। आमालाई उपचारका लागि वीर अस्पताल पुर्याइयो। प्रचण्ड त्यसबेला आफैँ वीर अस्पतालमा आमाको कुरूवा बसेका थिए। आमाको उपचारको क्रममा मृत्यु भयो। दाहसंस्कारको व्यवस्था मिलाएर प्रचण्ड कायक्षेत्र लागे, किरिया गरेनन्। किरिया उनका भाइले गरे।
२१. २०५२ सालपछि २०६३ सालमा मात्रै प्रचण्डको बाबुसँग भेट भयो। प्रचण्डको न्वारानको नाम छविलाल भएकाले उनलाई छवि नै भन्थे परिवारमा। घरको प्यारो नाम ‘बाबु’ थियो उनको। तर, स्कुल पढ्दापढ्दै उनले आफ्नो नाम आफै पुष्पकमल राखेछन्। त्यसपछि जनयुद्धमा राखेको प्रचण्ड भन्ने नाम आफ्नो छोराको हो भनेर उनका बाबुआमाले समेत धेरै ढिलो मात्रै थाहा पाएका हुन्। जनयुद्धको १० वर्षसम्म प्रचण्ड भन्ने आफ्नै परिवारका सदस्य हुन् भन्ने परिवारलाई थाहै थिएन।