Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

नेकपा अध्यक्ष प्रचण्ड ६६ वर्षमा प्रवेश – आज जन्म दिन

Milan Ghimire by Milan Ghimire
December 12, 2019
in जनता स्पेसल, फिचर, शिक्षा, समाचार
0
नेकपा अध्यक्ष प्रचण्ड ६६ वर्षमा प्रवेश – आज जन्म दिन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मंसिर २६,

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आज जन्मदिन हो । उहाँ आजबाट ६६ वर्षमा प्रवेश गर्नुभएको छ । उहाँलाई सामाजिक सञ्जालमा नेकपाका नेता एवम् युद्धकालीन सहकर्मीहरु, परिवारजन, आफन्तजनले शुभकामना दिएका छन् ।

यस्तो छ राजनीतिक यात्राक्रम

प्रचण्डको जन्म विसं २०११ मंसिर २६ गते कास्कीको ढिकुरपोखरी गाविस वडा नं २ लेवाडेमा भएको हो । पिता मुक्तिराम र माता भवानीका जेठो छोरा प्रचण्डले आफ्नो प्रारम्भिक शिक्षा कास्कीको ढिकुरपोखरीमै लिनुभयो ।
प्रचण्डले २०२६ मा चितवनको नारायणी विद्या मन्दिर मावि शिवनगरबाट एसएलसी उत्तीर्ण भई २०२७–२०२९ पाटन बहुमुखी क्याम्पसबाट आईएससी। पूरा गरी २०३१–२०३३ मा रामपुर कृषि क्याम्पसबाट कृषिमा बिएस्सी गर्नु भई एमपीएसम्मको अध्ययन गर्नु भएको छ ।

कक्षा १० माअध्ययनरत हुँदा छविलाल दाहाल नाम परिवर्तन गरी पुष्पकमल दाहाल नामाकरण गरिनुभएका प्रचण्डको विसं २०३८ देखि २०६३ सम्म भूमिगत अवस्थामा रहँदा कल्याण, विश्वास, निर्माण र प्रचण्ड नाम थियो । हाल उहाँ आफू पुष्पकमल भन्दा प्रचण्ड भनिनुमा नै गौरव गर्नुहुन्छ ।

विसं २०१९ मा ढिकुरपोखरी–२ बाट चितवन भरतपुरको शिवनगर गाविसमा बसाइ सराई गर्नु भएका प्रचण्डको विसं २०२६ वैशाखमा सीता पौडेलसँग विवाह भएको हो । उहाँका तीन छोरी र एक छोरा थिए । तीमध्ये एक छोरी र छोरा प्रकाशको निधन भइसकेको छ । उहाँ नारायणी विद्या मन्दिर मावि शिवनगर–२०२९ साल, डण्डा माविनवलपरासी र भीमोदय मावि, आरुघाट, गोरखा–२०३३–०३५ सालमा अध्यापन गरी २०३२ सालमा युएसएडमा सेवारत रहनु भएको थियो ।

विसं २०२८ मा नेकपाको पुष्पलाल समूहमा पार्टीको सदस्यताबाट आफ्नो राजनीतिक जीवन प्रारम्भ गर्नुभएका प्रचण्डले बादल, मित्र दवाडी, खेम भण्डारी र पुष्प भुर्तेलससँग मिलेर २०३१ सालमा मार्क्सवादी अध्ययन समूह गठन गर्नुभएको थियो । उहाँ २०३४ सालमा चौथो महाधिवेशनमा प्रवेश गरी २०३५ सालमा पूर्णकालीन कार्यकर्ता र २०३६ सालमा चितवन जिल्ला समिति सदस्यमा निर्वाचित हुनु भएको थियो । उहाँ विसं २०३८ मा क्षेत्रीय व्यूरो सदस्य एवम् अखिल नेपाल युवक संघको केन्द्रीय महासचिव भई २०४० मा संघको केन्द्रीय अध्यक्षमा निर्वाचित हुनुभएको थियो ।

विसं २०४१ मा नेकपा ९मशाल०को पाँचौ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित, २०४२ मा पोलिटब्युरो सदस्य, २०४६ मा महामन्त्री र २०४८ सालमा नेकपा ९एकताकेन्द्र०को महामन्त्री हुनुभयो । यसैगरी २०५१ मा तत्कालीन नेकपा–एकता केन्द्रको प्रथम राष्ट्रिय सम्मेलनपछि बसेको तेस्रो विस्तारित बैठकपछि पार्टीको नाम फेरेर नेकपा ९माओवादी० राखेपछि महामन्त्री हुनुभएका प्रचण्डले २०५२ सालदेखि सुरु भएको जनयुद्धको नेतृत्व गर्नुभयो । २०५७ सालमा दोस्रो राष्ट्रिय सम्मेलनबाट नेकपा माओवादीको अध्यक्ष हुनुभयो ।

विसं २०५८ मा जनमुक्ति सेना नेपालको सर्वोच्च कमान्डर रहनुभएका प्रचण्ड २०६३ असार २ गते बालुवाटारमा पत्रकार सम्मेलन गरी काठमाडौंमा भूमिगत जीवनबाट सार्वजनिक हुनभएको थियो । २०६५ साउनमा गणतन्त्र नेपालको प्रथम प्रधानमन्त्रीमा निर्वाचित हुनुभयो । २०६९ मा वृहत्तर लुम्बिनी विकास निर्देशक समितिको अध्यक्ष बन्नुभयो । २०६९ सालमा हेटौंडामा सम्पन्न राष्ट्रिय सम्मेलनबाट अध्यक्ष पदमा निर्वाचित हुनुभयो । २०७० मा विराटनगरमा सम्पन्न एकताको महाधिवेशनबाट पुनःअध्यक्ष पदमा निर्वाचित हुनुभयो । साथै उहाँले उच्चस्तरीय राजनीतिक समितिको संयोजकको भूमिका समेत निर्वाह गरिसक्नु भएको छ । अध्यक्ष प्रचण्डका नेपाली क्रान्तिका समस्या (भाग १, २ र ३०, सांस्कृति, कला र सौंन्दर्यर्य चिन्तन, प्रचण्डका छानिएका रचनाहरु ) खण्ड १ र २० तथा प्रचण्डका छानिएका सैन्य रचनाहरु लगायतका पुस्तक प्रकाशित छन् । उहाँ २०६४ मा सम्पन्न संविधानसभा निर्वाचनमा काठमाडौ–१० र रोल्पा–२ बाट निर्वाचित हुनुभएको थियो । २०७० मंसीरमा सम्पन्न दोस्रो संविधानसभाको निर्वाचनमा सिराहा ५ बाट निर्वाचित हुनुभएको थियो ।

संविधान सभाको दोस्रो निर्वाचन २०७० मा सिरहा क्षेत्र नं ५ बाट निर्वाचित पुष्पकमल दाहाल ‘प्रचण्ड’ २०७३ साउन १९ गते व्यवस्थापिका–संसदमा ३ सय ६३ सदस्यको बहुमत प्राप्त गरी नेपाल सरकारको ३९ औं प्रधानमन्त्रीमा निर्वाचित हुनुभयो। २०७४ मंसिर २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा चितवन क्षेत्र नम्बर ३ बाट अध्यक्ष प्रचण्डले ४८ हजार २ सय ७६ मत प्राप्त गरी प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको छ । पार्टी एकीकरणपछि उहाँ अहिले नेकपाको कार्यकारी अध्यक्षमा हुनुहुन्छ ।

साभार :janatasamachar

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

मिस वल्डको टप ४० मा पुगिन् अनुष्का

Next Post

उमाकुुण्ड रामेछाप जिल्लाकै सबैभन्दा बढी मठ मन्दिर भएको ठाउँ हो : उप प्रमुुख कार्की

Next Post
उमाकुुण्ड रामेछाप जिल्लाकै सबैभन्दा बढी मठ मन्दिर भएको ठाउँ हो : उप प्रमुुख कार्की

उमाकुुण्ड रामेछाप जिल्लाकै सबैभन्दा बढी मठ मन्दिर भएको ठाउँ हो : उप प्रमुुख कार्की

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...