भगवती न्यौपाने कपिलवस्तु ,मंसिर २७
विश्वसंग प्रतिस्प्रधा गर्न सक्ने शिक्षा आजको आवश्यकता रहेको पूर्व कृषि मन्त्री चक्रपाणी खनाल बलदेवले बताउनु भएको छ । स्वतन्त्र विद्यार्थी युनियन वाणगंगा बहुमुखि क्याम्पस लौगाईमा विद्यार्थी बधाई, शुभकामना, सम्मान र विद्यार्थी स्वागत, कार्यक्रमलाई सम्बोधन गदै मन्त्री खनालले यस्तो बताउनु भएको हो । देशको आवश्यकता व्यस्थापन, प्राविधीक र कृषि शिक्षामा निर्भर रहेको हुदा सरकारले यसलाई मध्यनजर गदै शिक्षामा लगानी बढाउनु पर्नेमा जोडदिनुुभयो । कृषिबाट देश छिटो विकास हुने बताउदै अहिले कृषि लाई बचाउने मात्रै होईन किसानलाई अनुदान दिएर किसान बचाउने अभियानमा सरकारल लागेको बताउनु स्पष्ट पार्नुुभयो । ६६ प्रतिशत कृषि पेशा अङगाल्ने मानिस राष्टमा भएको हुर्दा कृषि पेसालाई समान गर्नु पर्ने उहाँको तर्क छ ।
मन्त्री खनालले जिल्लाको दक्षिण भेगका मायादेवी र शुद्धोधन गाउँपालिकामा शिक्षाको स्तर अझै खस्किएको गएको बताउदै विगतको वर्षको बजेट शुद्धोधन गाउँपालिकामा ५० लाखको लागतमा कन्या क्याम्पस खोलेको बताउनुभयो ।
त्यस्तै शिक्षाको विकासको लागि यस वर्ष मायादेबी गाउँपालीका पनि ५० लाख विनियोजन गरि क्याम्पस खोल्ने बताउनुभयो । राष्ट्मा विकासले छिटो फड्को मार्न अन्य भेगका छोरीहरुले जस्तै दक्षिणी भेगका छोरीहरुले पनि पढ्नु पर्ने उहाँको धारण रहेको छ ।
मन्त्री खनालले नगरलाई पर्यटकीय हिसाबले अगाडी बढाउने बताउनु भएको छ । साथै उहाँले विद्यालयलाई राज्यको र आफनो व्यक्तिगर्त रुपमा शिक्षक अभिभाव र विद्यार्थी संग हातेमालो गर्न तयार भएको दाबी गर्नु भयो ।
नगर शिक्षा प्रमुख बाबुराम भट्राईले बढ्दो चाप सगै विद्यार्थीले घर, समाज, छिमेकी जिल्ला, राष्ट् मा मात्रै होईन अब विश्वमै प्रतिस्पर्धा गर्न सक्नुुपर्ने धाराण ब्यक्ता गर्नुुभयो ।