Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

अप्डेट : निरन्तर परेको पानी र हिउँले रामेछापकोे उत्तरी क्षेत्रको नजजिवन, जिल्लाको अवस्था,( फोटो)

Milan Ghimire by Milan Ghimire
December 14, 2019
in जनता स्पेसल, समाचार
0
अप्डेट : निरन्तर परेको पानी र हिउँले रामेछापकोे उत्तरी क्षेत्रको नजजिवन, जिल्लाको अवस्था,( फोटो)
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

मंसिर, २८,

शुक्रबार बिहानैदेखि मौसममा भएको बदली र वर्षापछि रामेछापको उच्च पहाडी क्षेत्रमा बाक्लो हिमपात भएको छ । हिमपात र वर्षाले कतिपय क्षेत्रमा यातायात समेत प्रभावित भएको छ । उमाकुण्ड गाउँपालिका वडा नं १ गुम्देलमा अत्याधिक चिसो बढेको, सिमसिमे पानी निरन्तर परिरहेको स्थानीय भिम बहादुर बि।कले जानकारी दिनुभयो । बाम्तीण्डारमा रातिदेखै नै वर्षाभैरहेको र चिसो अत्याधिक भएको ब्यवसायि जीवन घतानेले जानकारी दिनुभयो । त्यस्तै कुभुकास्थली, प्रिती र गुप्तेश्वर क्षेत्रको माथिल्लो भागमा बाक्लो हिमपात भएको छ । गाउँपालिकाको देउराली, गुम्देलको सेर्दिङ, गुप्तेश्वरको तामेडाडाँमा बाक्लो हिमपात भएको छ ।
यसैगरी गोकुलगंगा गाउँपालिकाको चुचुरे, ठोसे, रस्नालु र बेतालीको माथिल्लो भेगमा बाक्लो हिउँ झरेको छ। दोरम्बा गाउँपालिकामा पर्ने शैलुङमा ३ फिटसम्म हिउँ जमेको स्थानीय दावाशङ्बु शेर्पाले जानकारी दिनुभयो ।
त्यस्तै डडुवा र गौश्वारामा बाक्लो हिउँले जनजिवन कष्टकर बनेको छ । शैलुङ र वाम्तीतर्फका सडकहरुमा यातायात साधन अवरुद्ध भएका छन। तर ठोसे,शिवलय, नामाडी, बेतालीलगाएतका सदरमुकाम नजीका बस्तिका सवारी साधान भने संचालन भैरहेको रामेछाप प्रहरीले जानकारी दिएको छ ।
पानी परेसंगै बालिसप्रनी भएकाले कृषकहरु खुसीभएका छन् ।
पानी अझै आज दिनभरी पर्ने स्थानीयहरुले अनुमान गरेका छन् ।
शनिबार दिनैभरी पानी परे उमाकुण्ड र गोकुल गंगाको विभिन्न वडाको तल तल हिउँझर्ने आशंका स्थानीयले गरेका छन् ।
सदरमुकाम मन्थलीमा हिजो सांझदेखी निरन्तर मसिनो पानी परिरहेको छ । शनिबार पनि यो क्रम जारी छ । धेरै जसो गर्मी हुने मन्थलीमा पानी परेका कारण जाडो सुरुभएको छ ।
निरन्तर पानी परेकाले रामेछाप नगरपालिकाले गर्न लागेको वडा नं ३ को सार्वजनिक सुनुुवाइ भने स्थगित गरिएको सुनुवाइका सहजिकरण उमंग मैलालिले जानकारी दिनुुभयो।

देउराली

हिजो शुक्रबार देशभर नै पानी र हिउँ पारेको पश्चिमी न्यूनचापीय प्रणाली कमजोर बन्दै गएकाले आज लगातार पानी नपर्ने मौसमविद् समिर श्रेष्ठले जानकारी दिनुभयो ।

मध्य र पूर्वका एकरदुई ठाउँमा आज हल्का पानी र उच्च हिमाली तथा पहाडी भेगमा भोलि आइतबारसम्म नै हिउँ पर्ने उहाँले बताउनुभयो । आज मध्य र पश्चिमी क्षेत्रको मौसम एकैछिन खुल्दै बादल लाग्ने हुने भएकाले पूर्वको मौसम भने खुल्ने सम्भावना नरहेको उहाँले बताउनुभयो ।

चन्द्रगिरी

गएको २४ घण्टामा देशका सबैजसो ठाउँमा पानी परेको छ । सबैभन्दा धेरै धनगढीमा ६४ दशमलव ९ मिलिमिटर पानी परेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । पानी र हिउँसँगै चिसो बढ्दा जनजीवन प्रभावित भएको छ ।

बाम्ति

फोटो सामाजिक सजाल

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

विश्व प्रतिस्प्रधा शिक्षा आजको आवश्यकता : पूर्व मन्त्री खनाल

Next Post

सरकारी गाडीको ठक्करबाट एक मृत्यु, एक घाईते

Next Post
सरकारी गाडीको ठक्करबाट एक मृत्यु, एक घाईते

सरकारी गाडीको ठक्करबाट एक मृत्यु, एक घाईते

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...