Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

कार्यालय प्रमुख विरुद्ध हुलकका कर्मचारीले दिए प्रशासनमा उजुरी

Milan Ghimire by Milan Ghimire
December 15, 2019
in अर्थतन्त्र, जनता स्पेसल, समाचार
0
कार्यालय प्रमुख विरुद्ध हुलकका कर्मचारीले दिए प्रशासनमा उजुरी
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप २९

जिल्ला हुलाक कार्यालय अन्र्तगत करार सेवामा कार्यरत कर्मचारीहरुले कार्यालय प्रमुख विरुद्ध उजुरी दिएका छन् । उक्त कार्यालयका १५ जना कर्मचारीहरुले आफनो कार्यालय प्रमुख मञ्जु शर्माले हुलाक सेवा विभागले सरकारले न्युनतम पारिश्रमिक कार्यान्वयन गर्ने परिपत्र गरेको लामो समय वितिसक्दा पनि आफुहरुका हकमा उक्त निर्णय लागु नगरे पछि त्यसको कार्यान्वयनका लागि आईतावार जिल्ला प्रशासन कार्यालयमा लिखित उजुरि दर्ता गराएका हुन् ।

 हुलाक सेवा विभागको लिखित  परिपत्र र १५ जनाको हस्ताइर सहित उनिहरुले  प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा पुगेर उजुरी पत्र दर्ता गराउँदै आफनो माग पुरा गराई दिन माग गरेका छन् । हाल सम्म उनिहरु मासिक ८ हजार रुपैयाँ तलबका भरमा काम गर्दे आएको र तलब बृद्धिका लागि निरन्तर रुपमा लड्दै आएका थिए । अभियानकै क्रममा नेपाल सरकारले न्युनतम पाश्रिमिक १३ हजार ४ सय ५० रुपैयाँ निर्धारण गरि अन्य जिल्लाहरु र छिमेकि जिल्ला दोलखा र सिन्धुलीले समेत निर्णय कार्यान्वयनमा ल्याई सक्दा पनि आफुहरुको गुनासो सुनुवाई नभएपछि वाध्य भएर न्यायको ढोका ढक ढक्याउन बाध्य भएको समितिका अध्यक्ष सुब्बा थापाले बताउनुभयो ।

बिभागले ७७ वटै जिल्लालाई २०७६।०७। १८ को मितिमा लिखित परिपत्र पठाएर न्युनतम् पारीश्रमिक लागु गर्न र नपुग रकमको हकमा बिभागमा पत्र पठाउन समेत भनेको छ । सरकारी परिपत्र आएको लामो समय बितिसक्दा पनि कार्यालयले पन्साउने र आलटाल मात्र गरेर कार्यान्वयनको चरणलाई लम्ब्याउने कामलाई निरन्तरता दिंदै आएको समितिका सदस्य लम्बोदर घिमिरे बताउनुभयो ।

उजुरीका सम्बन्धमा प्रशासन कार्यालयमा सम्पर्क गर्दा कार्यालयका नासु लक्ष्मण भुजेलले नीतिगत रुपमा करार कर्मचारीका माग पुरा गर्न कुनै समस्या नरहेको भन्दै यो समस्यालाई कार्यालय प्रमुख र आन्दोलनरत कर्मचारीका विचमा राखेर छलफल गराई माग पुरा गर्ने आश्वासन पनि दिनुभयो ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

सरकारी गाडीको ठक्करबाट एक मृत्यु, एक घाईते

Next Post

बिरामी हुँदा प्रिय मान्छेले हात समाए ‘पेनकिलर’ले बराबर काम गर्छ

Next Post
बिरामी हुँदा प्रिय मान्छेले हात समाए ‘पेनकिलर’ले बराबर काम गर्छ

बिरामी हुँदा प्रिय मान्छेले हात समाए ‘पेनकिलर’ले बराबर काम गर्छ

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...