Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

बिरामी हुँदा प्रिय मान्छेले हात समाए ‘पेनकिलर’ले बराबर काम गर्छ

Milan Ghimire by Milan Ghimire
December 15, 2019
in समाचार
0
बिरामी हुँदा प्रिय मान्छेले हात समाए ‘पेनकिलर’ले बराबर काम गर्छ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मंसिर २९

जोकोहीका लागि पनि अस्पतालको बसाइ डरलाग्दो र तनावपूर्ण हुने गर्दछ । तर यसबीच कुनै साथी वा आफूले माया गर्ने प्रिय मान्छे भेट्न आएमा चाहिँ बिरामीको अवस्थामा धेरै सुधार आउने गरेको पाइन्छ । यस पछाडिको वैज्ञानिक कारणबारे अनुसन्धानकर्ताहरुले पहिलोपटक प्रमाणसहित स्पष्ट पारेका छन् ।
उनीहरुका अनुसार मान्छे मान्छेबीच भावनात्मक स्पर्ष आदानप्रदान हुनुले विशेषगरी बिरामी भएका बेला दुखाइलाई धेरै कम गर्न सक्छ र हानिकारक इन्फ्लामेसन घटाइ घाउ छिटै निको पार्नसमेत मद्दत पुर्याउँछ ।

तापनि बेलायती तथ्याङ्कअनुसार त्यहाँका अस्पतालका ४० प्रतिशत बिरामी एक्लै हुन्छन् जसका कुनै भिजिटर आउँदैनन् । ‘रोयल भलुन्टरी सर्भिस’ ले २०० जना नर्सहरुमा गरेको सर्वेक्षणमा परिवार साथी वा प्रेमीको साथ नभएका एक्ला बिरामीहरुलाई ठीक हुन समय लाग्ने गरेकाले नै तिनीहरुले लामो समय अस्पतालमा बिताउनुपर्ने पत्ता लगाएको हो ।

अस्पतालमा भेट्न जानेहरुले बिरामीमा कसरी यस्तो प्रभाव पार्छन् भन्नेबारे गरिएको अध्ययनमा पहिले त बिरामीहरु असहजताका कारण बढी पीडामा हुने गरेको पाइएको थियो । यस्तोमा इजरायलको युनिभर्सिटी अफ हइफाले गरेको अध्ययनपछि वैज्ञानिकहरुले प्रिय मान्छेले बिरामीको हात छुँदा मात्र पनि दुखाइ आधा कम हुन सक्ने पत्ता लगाएका हुन् ।

‘जर्नल अफ पेन’ मा प्रकाशित यस अध्ययनपछि उनीहरुले सद्भावपूर्ण छुवाइ जस्तै हात समात्ने गर्नुले बिरामीमा पेन किलरसमान काम गर्ने गरेको निस्कर्ष निकालेका छन् । यसका लागि युनिभर्सिटी अफ कोलोराडो बोउल्डरका अर्का अनुसन्धानकर्ताहरुले बिरामीलाई कसरी छुँदा शरीरमा कुन किसिमले बदलाव आउँछ भन्ने सम्बन्धी थप जानकारी हासिल गर्ने प्रयास गरेका हुन् ।

जसमा प्रत्यक्ष रुपमा तिनको भाइटल साइन परीक्षण गरिएको थियो । यसका निम्ति उनीहरुले २२ जना बिरामीको मुटुको धड्कनदेखि, स्वाप्रस्वास र दिमागका वेभहरु पनि जाँच गरेका हुन् । जसपछि नेसनल एकेडेमी अफ साइन्सेसले प्रकाशित गरेको नतिजामा बिरामीका पार्टनरले छुँदा, सँगै बस्दा मात्र र हात समाउँदा भिन्दाभिन्दै बदलाव देखा परेको पाइएको छ ।

त्यसमा पनि विशेष रुपले हात समाउँदा तिनको स्वासप्रस्वास, धड्कनको गति र दिमागी गतिविधि नियमित अवस्थामा पुगेको पाइएको हो । यसकारण यो शारीरिक बदलावले बिरामीमा असहजताको अनुभव हटाउन सक्ने हुनाले नै पेनकिलर समान काम गर्ने गरेको उनीहरुले बताए । यसको अर्थ अस्पतालमा कोही भेट्न नआएका एक्ला बिरामीहरुमा नकारात्मक असर बढी पर्ने गरेको पनि अनुसन्धानको निष्कर्ष छ । – एजेन्सी

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

कार्यालय प्रमुख विरुद्ध हुलकका कर्मचारीले दिए प्रशासनमा उजुरी

Next Post

बस दुर्घटनामा उमा कुण्डका तामाङको मृत्यु

Next Post
बस दुर्घटनामा उमा कुण्डका तामाङको मृत्यु

बस दुर्घटनामा उमा कुण्डका तामाङको मृत्यु

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.