२९,मंसिर , रामेछाप
आइतबार सिन्धुपाल्चोकमा भएको दु :खद् बस दुर्घट्नामा परि उमाकुण्ड गाउँपालिकाको वडा नं ५ का मेहश तामाङको ज्यान गएको छ ।
कालिञ्चोकाबाट भक्तपुरतर्फ जाँदै गरेको बा ४ ख ४४६८ नम्बरको बस आइतबार बिहान सुनकोशी ७ स्थित पाँच किलो मोडमा ब्रेक फेल भएर दुर्घटनामा परेको थियो । दुर्घटनामा १४ जनाको मृत्यु भएको सिुन्धुपाल्चोक प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा ८ महिला, ४ पुरुष, २ बालिका रहेका छन् ।
दुर्घटनामा समान्य घाइते १२ जनाको सिन्धु सदाबहार अस्पताल खाडिचौरमा र गम्भिर ६ जनाको हेम्स अस्पताल काठमाण्डौमा उपचार भैरहेको छ ।
बस माथील्लो घुम्तिबाट तल्लो घुम्तिमा पुगेको थियो ।