२९ मंसिर
काठमाडौँ । गायक राम कुमार नेपालीको आवाजमा रहेको जुनी जुनी बोलको लोक गीत सार्वजनिक भएको छ ।
नेपालीलाई चर्चित लोकदोहोरी गायिका पुर्णकला बिसीले साथ दिएकी छन् । एच बि कार्की बिन्दासको उत्कृष्ट शव्द सिर्जना रहेको गीतमा राजेन्द्र भट्ट मिस्टर आरजेको संगीत रहेको छ । आज मात्रै सार्वजनिक यो गीत निकै रुचाउने अपेक्षा गर्न सकिन्छ ।
ओ एस आर डिजिटलबाट सार्वजनिक गीत केहि मिनेटमानै थुप्रै दर्शकले हेरेका छन् । गीतमा धेरै जस्तो दर्शकहरुले राम्रो प्रतिकृया जनाएका छन् । अशोक केसी र सुप्रिया कटुवालको अभिनय रहेको छ ।
कलाकारहरुको अभिनयलाई पनि दर्शकहरुले निकै उत्कृष्ट रहेको प्रतिकृया दिएका छन् । गीतका शव्दहरु निकै मार्मिक छन् ।गीतमा माया र प्रेमको प्रशंगलाई प्रस्तुत गरिएको छ । प्रेमी, प्रेमीकाले एक अर्कालाई गर्ने प्रेमलाई सधैव नविर्सने देखि एक अर्काबिनाको जिवन अधुरो रहने गरि देखाइएको छ । गीतको भिडियोलाई क्रान्ती केसीले निर्देशन गरेका छन् ।