Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

रामेछापमा पर्यटन वर्ष सफल पार्न छलफल,पर्यटको लागि उत्कृष्ट गन्तब्य

Milan Ghimire by Milan Ghimire
December 17, 2019
in अर्थतन्त्र, जनता स्पेसल, फिचर, समाचार
0
रामेछापमा पर्यटन वर्ष सफल पार्न छलफल,पर्यटको लागि उत्कृष्ट गन्तब्य
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

०१, पौष,

जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेम बहादुर खड्काले शैलुङ् डाँडाको सिमा विवाद सामान्य भएको बताउनुभएको छ । उहाँले मंगलबार रामेछापको मन्थलीमा, रामेछाप जिल्लामा पर्यटनको अवस्था बिषयक अन्तरक्रिया कार्यक्रममा सो कुरा बताउनुभएको हो । सदिउँदेखी विवादित रहदै आएको सिमा विवादले दोलखा र रामेछापका सिमा जोडिएका गाउँपालिकाको विभिन्न पक्षमा समस्या पु¥याउदै आएको छ । तर सोहि विषयमा भ्रमण वर्षमा विभिन्न जिल्लाको अवलोकन गरि तथ्याङ्क संकलनका क्रममा मन्थली आइपुगेका पत्रकारहरुको जिल्लाको पर्यटक स्थलहरुको बारेमा छलफल गर्दा शैलुङ्ग क्षेत्रको समस्याबारेमा जिल्ला समन्वय प्रमुखबाट यस्तो प्रतिकृया आएको हो । उहाँले यो जटिल विषय नभएकाले दुवै जिल्ला मिलेर शैलुङ् क्षेत्रको विकास, पर्यटन पर्वद्धन गर्नुपर्ने र आएआर्जनको बाटो बनाउनु पर्ने धारण राख्नुभयो ।
त्यस्तै मन्थली नगरपालिकाका नगर प्रमुख रमेश कुमार बस्नेतले रामेछाप जिल्लामा पर्यटन पर्वद्धनको लागि धेरै सम्भावना बोकेको जिल्ला भएकाले यसलाई सफल पार्न सम्बन्धीत सबैमा आग्रह गर्नुभयो । उहाँले रामेछापको आठ वटै स्थानीय तहहरुमा प्रसिद्ध धार्मिक, संस्कृति, पौराणिक स्थलहरुभएकाले तिनीहरुको महत्वलाई अन्तराष्ट्रिय क्षेत्रसम्म चर्चा परिचर्चा गर्नको लागि यसलाई सफल पार्न अपिल गर्नुभएको हो । उहाँले सबै मिलेर पर्यटन वर्ष सफल पार्नको लागि अपिल गर्दै पर्यटनको लागि रामेछाप उत्कृष्ट गन्तब्य हुने दाबी गर्नुभयो ।
कार्यक्रमा रामेछापको समग्र प्राकृतिक, धार्मिक, सांस्कृतिक, जातजाति, विविधता लगायतको विषयमा राजनीतिक दल, पत्रकार, समाजसेवी, बौदिक ब्यक्तितो लागयतले प्रकाश पारेको थिए ।
रामेछापमा दुई नगरपालिका र छ वटा गाउँपालिका रहेको छ । सरकारले आगामी अंग्रेजि नया वर्ष २०२० मा २० लाख पर्यटन भित्र्याउने लक्ष्य राखेको छ ।
कार्यक्रम पर्यटन विकास प्रदेश नं ३ को आयोजना तथा नेपाल पत्रकार महासंघ प्रदेश नं ३ को संयोजनमा भएको थियो । कार्यक्रममा रामेछाप दोलखा, सिन्धुपाल्चोक, लगायत ३ नं प्रदेशका पत्रकारहरुको सहभागिता रहेको थियो

।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

रामेछाप पर्यटन ( २०२० पर्यटन वर्ष लक्षित रामेछापको चिनारी )

Next Post

देश विकासको ढाँचानै परिवर्तन गर्नु पर्छ नेकपा नेता श्रेष्ठ ( भिडियाे सहित)

Next Post
देश विकासको ढाँचानै परिवर्तन गर्नु पर्छ नेकपा नेता श्रेष्ठ ( भिडियाे सहित)

देश विकासको ढाँचानै परिवर्तन गर्नु पर्छ नेकपा नेता श्रेष्ठ ( भिडियाे सहित)

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.