पुष ०४,
आगामी पुष १० गते बिहिबार बिहान खण्डग्रास, सूर्यग्रहण लाग्ने जानकारी दिएको छ ।
दुई घण्टा ४९ मिनेट लामो ग्रहण पुष १० गते नेपाली समयअनुसार बिहान ८ बजेर ४२ मिनेटमा सुरु भएर १० बजेर १ मिनेटमा सकिने बताइएको छ ।
खण्डग्रास सूर्यग्रहण अधिकतम भएको बेला काठमाडौंमा ४८ प्रतिशत कालो सूर्य देखिने नेपाल एस्ट्रोनोमिकल सोसाईटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिनुभयो । मौसम अनुकुल भए, बादल नलागे काठमाडौंबाट ४८ प्रतिशत कालो सूर्य देखिन्छ उहाँले भन्नुभयो ।
यो ग्रहण नेपाल, भारत, श्रीलंका लगायत एसियाका सबै राष्ट्र तथा उत्तरपश्चिम अष्ट्रेलिया, पूर्वी अफ्रीका लगायत सिंगापुर, मलेसियाका ठाउँबाट फायरका रुपमा देखीने बताएको छ ।
रिङ अफ फायरमा पूरै चन्द्रमाले सूर्यलाई ढाक्ने तर त्यसको वरिपरिबाट प्रकाश देखिन्छ । यो खालको ग्रहण भने निक्कै दुर्लभ मानिएको छ ।
ग्रहण लाग्दा रिङ अफ फायर भने प्राय जस्तो बीचको समयमा देखिने सोसाइटीले जनाएको छ । अण्डग्रास ग्रहणलाई नाङ्गो आँखाले नहेर्न पनि सचेत गराइएको छ