Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

देशैभरिका सामुदायिक विद्यालयमा सेनेटरी प्याड वितरण बढ्दै कपिलवस्तु जिल्लाका ११ विद्यालयमा प्याड वितरण सफल

Milan Ghimire by Milan Ghimire
December 20, 2019
in अर्थतन्त्र, जनता स्पेसल, समाचार
0
देशैभरिका सामुदायिक विद्यालयमा सेनेटरी प्याड वितरण बढ्दै कपिलवस्तु जिल्लाका ११ विद्यालयमा प्याड वितरण सफल
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

भगवती न्यौपाने कपिलवस्तु, पुष ०४,

भौतिक पुर्वधार संगै शिक्षा स्वास्थ्यमा विकास गर्न सके बाणगंगा नगरपालीका समृद्ध नगर हुने उपमेयर चक्रपाणी अर्यालले बताउनु भएको छ । वडा नम्वर ९ शुद्धोदन जन जिवन मावि जिनुवामा आधारभुत तहका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण र किशोर किशोरी मैत्री स्वास्थ्र्य कार्यक्रम अन्तरगर्त किशोरीहरुलाई सेनेटरी प्याड वितरण कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो । वाणगंगा नगरपलिकाका २७ सामुदायिक विद्यालय मध्ये ११ वटा विद्यालयलाई सेनेटरी प्याड वितरण गरिएको बताउनु भयो । यस वर्ष परिक्षण गरिएको बताउदै अर्को वर्ष देखि पुरै सामुदायिक विद्यालयलाई दिने बताउनु भएको छ । गुणस्तर शिक्षा प्रदान गर्न परिवार, समाज, विद्यालय र नगरको उतिकै भुमिका रहेको उहाँले बताउनु भयो । उपमेयर अर्यालले समुन्त नगर बनाउने अभियानमा लागेको बताउदै शिक्षा स्वास्थ्र्यबाट उच्च स्थानमा नागरिकलाई पुयाउन नगर सधै हातेमालो गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गर्नु भयो ।

वाणगंगा नगरपालिका वडा नम्वर ९ भलवाड र वाणगंगा नगरपालिका स्वास्थ्य शाखा द्धारा आयोजना भएको कार्यक्रमा वडा ९ का वडा अध्यक्ष धुब बेल्बासे जाडोबाट बच्न विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरीएको बताउनु भयो । साथै उहाँले सेनेटरी प्याड वितरण पश्चात वडामा किशोरी विद्यार्थीहरु महिनावारी भएको बेला पढाई छोड्न नपर्ने बताउनुभयो ।
स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेल, सह सयोजक भक्तीराम पाण्डेले हरेक परिवारमा आमा, बहिनी, दिदि, भाउजु महिनावारी हुने भएकाले महिनावारी लुकाउने विषय नभएको बताउनु भएको छ । महिनावारी हुर्दा शारिरीक रुपमा कमजोर, प्रजनन स्वास्थ्यमा असर पर्ने भएकाले महिलाको ज्यान जाने सम्भावना हुर्दा परिवार समाजले सबैलाई एउटै व्यवहार गर्न आवश्यक रहेको बताउनु भयो । किशोरीहरुलाई एउटा प्याड ६ घण्डा मात्रै प्रयोग गर्न अनुरोध गर्नु भएको छ ।

फाेटाे भगवित

शुद्धोदन जन जिवन मावि विद्यालय प्रअ अनिता कडेल, श्री रामआधारभुत विद्यालयका प्रअ ओमलाल गिरी, विद्यालय व्यवस्थापन समितिका सदस्य भुवनेश्वर पौडेलले कार्यक्रममा बोल्दै महिनावारी हुर्दा महिलालाई अझै पनि समाजले फरक दृष्टिकोणले हेर्ने गरेको बताउनु भयो ।
भलवाड स्वास्थ्य शाखाका प्रमुख जितविकास रायमाझीको स्वागत मन्तव्यमा भएको कार्यक्रमको सञ्चालन वडा सचिव सन्तोस कुमार वैठाले गर्नु भएको थियो ।
वडा सदस्य भिमवहादुर पून, व्यवस्थापन समितिका सदस्य राधा अधिकारी, शिक्षक अभिभावक संधका अध्यक्ष कुन्तामणी भुषाल, राजनैतिक दलका प्रतिनिधीहरु, अभिभावक, कर्मचारी, विद्यार्थीहरुको उपस्थिति रहेको थियो । यसैविच वाणगंगा नगरपालिका अन्तरगर्तका ११ वटै वडाका ११वटा सामुदायिक विद्याललाई मंसिर १६ बाट सुरु भएको सेनेटरी प्याड वितरण कार्यक्रम बिहीवार सम्पन्न भएको छ ।

भगवती न्यौपाने कपिलवस्तुकाे रेिडयाे बुद अावजमा कार्यरत हुनुहुन्छ हाम्राे जनता भ्वासकाे सहयाेगी सहकार्मी हुनुहुन्छ

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

पुष १० गते बिहान २ घण्टा सूर्यग्रहण लाग्ने

Next Post

मन्थलीमा कृषि उत्पादन वस्तुको भण्डारण स्थलको निर्माण हुदै : नगर प्रमुख बस्नेत

Next Post
मन्थली नगरभित्रका कुन सडक कालोपत्रे हुदै, (सुची-सहित)

मन्थलीमा कृषि उत्पादन वस्तुको भण्डारण स्थलको निर्माण हुदै : नगर प्रमुख बस्नेत

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...