पुस ८
काठमाडौं, । नेपाली राष्ट्रिय १५ वर्षमुनि (यु–१५) महिला फुटबल टोलीले भुटानको यु–१५ महिला टोलीलाई पराजित गरेको छ ।
सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मा सोमबार भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपालले भुटानलाई ६–१ गोल अन्तरले पराजित गरेको हो ।
नेपालको जितमा अमिशा कार्कीले ‘ह्याट्रिक’ पूरा गरिन् । उनले १२, ४८ र ५४ औं मिनेटमा ३ गोल गरिन् ।
यस्तै, कप्तान प्रिति राईले २ र सुनकली राईले एक गोल थपिन् ।
प्रितिले खेलको ४४, ८९औं मिनेटमा गोल गर्दा सुनकलीले खेलको पाँचौं मिनेटमा गोल गरिन् ।
भुटानकी कप्तान डिकी लाजोमले खेलको १४औं मिनेटमा एक गोल फर्काएकी थिइन् ।
अब नेपालले बुधबार भुटानसँग दोस्रो मैत्रीपूर्ण खेल खेल्नेछ । रासस