Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

जनप्रतिनिधिबीचको विवादले लिखु तामाकोसी गाउँपालिकामा ६ महिनादेखि काम ठप्प

Milan Ghimire by Milan Ghimire
December 24, 2019
in अर्थतन्त्र, जनता स्पेसल, विचार, समाचार
0
जनप्रतिनिधिबीचको विवादले लिखु तामाकोसी गाउँपालिकामा ६ महिनादेखि  काम ठप्प
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पुष ८

काँहिनभएको जात्रा हाँडीगाउँमा भन्ने उखान रामेछापको एक गाउँपालिकामा भएको छ । जिल्लाको लिखु तामाकोसी गाउँपालिकामा गाउँपालिकाको विकास निमार्ण गर्ने समयमा गाउँपालिकाका जननिर्वाचित जनप्रतिनीधिहरु एकमाथी अर्को विभिन्न आरोप प्रत्यारोप लागाउदै ज्याननै लिने सम्मको गतिविधी हुनथालेपछि जिल्लाको लिखुतामाकोसी गाउँपालिकामा समस्या भएको हो ।

जनप्रतिनिधिबीचको विवादले जिल्लाको लिखु तामाकोशी गाउँपालिकाको कामकाज ठप्प भएको छ । चालु आर्थिक वर्षको बजेट तथा कार्यक्रम पास नहुँदा गाउँपालिकाको सम्पुर्ण कामकाज ठप्प भएको हो ।

नागरिक निगरानीको क्रममा सो पालिकामा वेथितिको नमुना देखिएको मानवअधिकार संरक्षण सञ्जाल रामेछापका संयोजक पाण्डव प्रसाईंले बताउनुभयो । बजेट तथा कार्यक्रम पास गर्नका लागि गत असार महिनामा बसेको गाउँकार्यपालिकाको बैठकमा विवाद भएपछि बजेट र कार्यक्रम पास हुन सकेको छैन । त्यस यता गाउँ कार्यपालिकाको बैठक समेत बस्न सकेको छैन ।

गएको असारमा भएको बैठकमा गाउँपालिकाको वडा नं–१ दुरागाउँमा गरिएको विद्युतीकरणको लागि करिब ६ करोड रुपैयाँ विनियोजन गर्न गाउँपालिका अध्यक्ष गोविन्दबहादुर खड्काले प्रस्ताव गर्नुभएको थियो । कामको अनुगमन गरेपछि मात्र रकम विनियोनज गर्नुपर्ने प्रस्ताव गाउँपालिका उपाध्यक्ष दीपशिखा दाहाललगायतका कार्यपालिकाका सदस्यहरुले राखेपछि अध्यक्षले गरेको कामको किन अनुगमन गर्ने भन्दै अध्यक्षले विवाद सिृजना भएको कार्यपालिका सदस्यहरुले बताएका छन् । अहिले विद्युत विवादको छानविनको लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले फाइल झिकाएको छ । ७ वटा वडा रहेको सो गाउँपालिकामा अध्यक्ष, उपाध्यक्ष र ६ जना वडाअध्यक्ष तत्कालिन नेकपा एमालेबाट बिजयी भएका छन् भने एकजना वडाअध्यक्ष कांग्रेसबाट बिजयी भएका छन् । बैठकमा विद्युतको लागि बजेट विनियोजन नगरेसम्म गाउँपालिकाको बजेट तथा कार्यक्रम पास नगर्ने अडान गाउँपालिका अध्यक्षले लिदैआएको नेकपाका नेता निकास पौडेलले बताउनुभयो ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

नेकपा रामेछाप जिल्ला कमिटी गाउँ कमिटीलाई सपथ खुुवाउन ब्यस्त,,लिखु तामाकोसीका गाउँ कमिटिले पुुर्णता पायो (भिडियो सहित)

Next Post

लिखु तामाकोसीमा अर्को बज्रपात : औषधी किन्न बजेट छैन् स्वाथ्य चौकीसंग

Next Post
लिखु तामाकोसीमा अर्को बज्रपात : औषधी किन्न बजेट छैन् स्वाथ्य चौकीसंग

लिखु तामाकोसीमा अर्को बज्रपात : औषधी किन्न बजेट छैन् स्वाथ्य चौकीसंग

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.