पुस ९
सरकारबाट बाहिरिएको समाजवादी पार्टी नेपालले वर्तमान सरकारलाई दिएको समर्थनबारे बुधबार (भोलि) मात्रै निर्णय गर्ने भएको छ ।
मंगलबार पदबाट राजीनामा दिएपछि सिंहदरबारस्थित संसदीय दलको बैठकमा अध्यक्ष एवं संसदीय दलका नेता उपेन्द्र यादवले सरकारबाट बाहिरिने निर्णय गरेको जानकारी दिएका थिए ।
बैठकपछि सो पार्टीका संसदीय दलका प्रमुख सचेतक उमाशंकर अरगरिया र सांसद रेणुकुमारी यादवले वर्तमान सरकारबाट संविधान संशोधन नहुने निश्चित भएपछि सरकारबाट बाहिरिएको बताए ।
‘सरकारबाट संविधान संशोधन हुन्छ भनेर हाम्रो पार्टीलाई लागेन’–अरगरियाले भने–‘त्यसकारणले आजै हाम्रा मन्त्रीहरुले सरकारबाट राजीनामा दिनुभएको छ ।’
समाजवादी पार्टीका तर्फबाट संसदमा १७ जना सांसद छन् ।