रामेछाप,असार १५,मिलन बि.क
आज रामेछापको सदरमुकाम मन्थलीको देवकोटा चोकमा भ्रष्टचार बिरुद्धको अभियान कार्यक्रम सम्पन्न भएको छ । यम बहादुर थापाको अध्यक्ष्यता र शिवजिको प्रमुख अतिथ्येतामा भएको कार्यक्रम समृद्ध नेपाल सुखि नेपालीको प्रमुख बाधक भ्रष्टचार भएको बक्ताहरुले स्पष्ट पारेको छन् ।
नेपाल संघियतामा गएपश्चात भ्रष्टचार बढेको कार्यक्रम संयोजक थापाले टिप्पणी गर्नु भएको छ । उहाँले नेपालको विकास निमार्णका पूर्वाधार,शिक्षा, स्वास्थ्य,राजनीतिक,आर्थिकसम्पुर्ण क्षेत्रमा भ्रष्टचारले आक्रन्त भएको र यसको प्रभाव गरिब नेपालीलाई परको स्पष्ट पार्नु भयो । थापाले देशका माथील्लो तहमा रहेकाहरुले विकास निमार्णको नाममा आफ्नो खल्ति भर्ने काममा गरिरहको रहेको आरोप लागाउनुभएको छ । उहाँले अभियानमा बोल्दै माहान कार्यको सुरुवात गर्ने विगत देखि एक ब्यक्तिले गर्ने गरेको उदाहरण दिदै आफुले पनि देशको विकासमा बाधक बनेको भ्रष्टचारको अभियान एकलै सुरुगरको र यस अभियानमा सामेल हुन सबैमा आग्रह गर्नुभयो । थापाले रामेछापमा विगतमा भ्रष्टचार गर्ने एलडियो जिल्ला छाडेर जान बाध्य भएको अवगत गराउदै, आगामि दिनमा जिल्लामा सरकारी तथा गैरसरकारी संस्थामा भ्रष्टचार भएको पाईएमा देवकोटा चोकमा ल्याउने चेतावनी दिनुभएको छ । उहाँले सबै सरकारी तथा गैरसरकारी संस्थाका प्रमुख तथा प्रतिनिधिलाई सचेत रहन आग्रह गर्नुभएको छ । उहाँले आफ्नो अभियान देशमा रहेका हरेका ठाँउको भ्रष्टचारलाई निर्मूल पार्ने रहकोले यो आब देश भरि अभियानको रुपमा सञ्चालन गरिने बताउनुभएको छ । अभियानता थापाले सो अभियान आफ्नो कुनै लाभको र नामको लागि नगरेको स्पष्ट पार्नुभएको छ । उहाले यो अभियानमा देशैभरिबाट ऐकेबद्धता जनाउन सबैमा आग्रह गर्नु भएको छ । साथै कार्यक्रममा उहाँले प्रमुख अतिथिका रुपमा ल्याएको शिवाजीको मूर्ति देवकोटा चोकको पिपलको बोटमा नगरपालिकासंग समन्वय गरेर मन्दिर बनाएर राख्ने गरि दान गर्नुुभएको छ ।
कार्यक्रमा उहाले उठान गरको विषय कुनै ब्यक्ति वा सरकारको विषय नभैइ सम्पूर्ण नागरिको विषय रहको बक्ताहरुले बताएका छन् । कार्यक्रममा रामेछाप जिल्ला भित्रका सम्पुर्ण सरकारी तथा गैरसरकारी संस्थका प्रंमुख तथा प्रतिनिधि,नगरपालिकाका प्रमुख तथा प्रतिनिधि, वडा अध्यक्ष,शिक्षाक, विद्यार्थी, अविभावक, वुद्धिजिवि, पत्रकार, लगाएतको उपस्थिती रहेको थियो ।