पुस ११,
पर्याप्त स्वास्थ्यकर्मी नहुँदा रामेछापको स्वास्थ्य क्षेत्र प्रभावित भएको छ । जिल्लामा दरवन्दि अनुसारका स्वास्थ्यकर्मी नहुँदा स्वास्थ्य सेवा प्रभावित भएको हो । रामेछाप जिल्लामा रहेको १ जिल्ला अस्पताल , ३ प्राथमिक स्वास्थ्य केन्द्र, ५१ स्वास्थ्य चौकी र एक उपस्वास्थ्य चौकीमा ३ सय ३ जना स्वास्थ्यकर्मी हुनु पर्नेमा २ सय ३५ जना स्वास्थ्यकर्मी मात्र कार्यरत छन् । जिल्लामा ६८ जना स्वास्थ्यकर्मीहरु अपुग छन् ।
स्वास्थ्य कार्यालय रामेछापको तथ्याङ्क अनुसार जिल्लामा डाक्टर भने ६ जनाको दर्व्न्दि भए पनि करार सेवा लगायतमा १० जना डाक्टरहरु कार्यरत रहेको देखिएको छ । ५५ जना हेल्थ असिस्टेन्ट हुनुपर्नेमा हाल ३० जना मात्र कार्यरत छन् । २२ जनाको दरबन्दि रिक्त छ ।
यसैगरि १ सय १५ अहेव हुनुपर्नेमा हला ८४ मात्र कार्यरत छन् । ३१ जना अहेव रिक्त छ । १ सय १६ अनमिहरु रहनु पर्नेमा अहिले जिल्लामा ९९ जना मात्र कार्यरत छन् । १७ जनाको पद रिक्त छ । सहरी स्वास्वास्थ्य सेवा केन्द्र र सामुदायी स्वास्थ्य सेवामा समेत आवश्यकता अनुसार कर्मचारी छैनन् । यसले गर्दा स्वास्थ्य सेवा प्रभावित भएको छ । स्वास्थ्य संस्थामा कम्तिमा ३९ थरि औषधिहरु वर्षैभरि उपलब्ध हुनु पर्नेमा स्वास्थ्य संस्थाहरुले ती औषधि समेत वर्षै भरि नियमित उपलब्ध गराउन सकेको छनन् । स्वास्थ्य संस्थामा कुनै न कुन औषधि सकिई रहेन स्वास्थ्यकर्मीहरुले बताएका छन् ।