Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

रामेछापको भंगेरीमा अन्तर्राष्ट्रिय स्तरको संग्रहालय बन्दै,, भंगेरीलाई कम्युनिस्टहरुको तीर्थस्थलको रुपमा विकास गरिदै

Milan Ghimire by Milan Ghimire
December 27, 2019
in अर्थतन्त्र, जनता स्पेसल, समाचार
0
रामेछापको भंगेरीमा अन्तर्राष्ट्रिय स्तरको संग्रहालय बन्दै,, भंगेरीलाई कम्युनिस्टहरुको तीर्थस्थलको रुपमा विकास गरिदै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

११ पुस

रामेछाप नगरपालिकाको वडा नम्बर ८ स्थित भंगेरीमा अन्तर्राष्ट्रिय स्तरको संग्रहालय बन्ने भएको छ । सहिद गंगालाल र नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव स्व। पुष्पलाल श्रेष्ठको जन्मस्थलमा सो संग्रहालय बन्न लागेको हो ।
भंगेरीलाई कम्युनिस्टहरुको तीर्थस्थलको रुपमा विकास गर्ने गरी भंगेरीलाई अन्तर्राष्ट्रिय संग्रहालयको रुपमा विकास गर्ने प्रदेश ३ का आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुँगेलले बताउनुुभयो । उहाँले ‘हिन्दुहरु पशुपति ,मुलमानहरु मक्का मदिना , क्रिश्चियनहरु ठूला ठूला चर्च गएजस्तै अब कम्युनिस्ट र प्रजातन्त्रवादीहरु गंगालाल र पुष्पलालको जन्मथलो भंगेरीमा आउने वतावरण तयार गर्न लागेको बताउनéयो ।
भंगेरीमा गंगालाल र पुष्पलाल जन्मिएको स्थानमा सरकारले जग्गा अधिग्रहण गरी पार्क, संग्रहालय लगायतका संरचना निर्माणको काम सुरु गरेको छ । गंगालाल, पुष्पलाल र साहित्यकार कृष्णलाल अधिकारीको समेत शालिक राख्ने गरी निर्माण सुरु भएको र शालिक निर्माणको काम समेत भइसकेको उहाँले बताउनéयो ।

भंगेरीमा पनि जग्गा सम्यायउने तथा बाटो खोल्ने काम भएको छ । यसको साथै एउटा हलको निर्माण पनि भएको छ । सो स्थानमा संग्रहालय निर्माणको लागि यस वर्ष पनि सरकारले बजेट छुट्याएको छ ।

सो संग्रहालयमा गंगालाल र पुष्पलासँग सम्बन्धित सामाग्रीहरुका साथै कम्युनिस्ट पार्टीका महत्वपूर्ण दस्तावेज तथा सामाग्रीहरु समेत राखिने छन् । त्यसको लागि गंगालाल र पुष्पलालले प्रयोग गरेका सामाग्रि उहाँहरुका पुस्तक, लेख रचना लगायतका सामाग्रीहरुको संकलन पनि भइरहेका छन् ।

पुष्पलाल स्मृति प्रतिष्ठान रामेछापका प्रमुख एवं रामेछापका पूर्वसांसद देवशंकर पौडेल लगायतको टोलीले पुष्पलाल भारतमा निर्वासित भई बस्दा प्रयोग गरेका समान तथा जीवन शैलीको वृत्तचित्र समेत तयार गरी रहेको छ । यी सबै कुरा समावेश गरेर राखिएपछि पुष्पलालको बारेमा अध्ययन गर्न चाहनेले उनको जीवनशैली सहजै बुझ्न सक्ने बताइएको छ ।

गंगालाल र पुष्पलालको ऐतिहासिक जन्मथलोमा अध्ययन अनुसन्धान गर्न आउनेहरुलाई पर्याप्त सामाग्रीहरु दिनसक्ने गरी भंगेरीको विकास गर्नु पर्ने नेकपाका केन्द्रिय सदस्य एवं पूर्वसांसद देवशंकर पौडेल बताउँछन् । यसका लागि सरकार र स्थानीय सबैले सहयोग गर्नु पर्ने उहाँले बताउनéयो ।
सहिद गंगालाल श्रेष्ठ र नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ दाजुभाइ हुन् । उनीहरुका बुबा रामेछापको मालपोत अड्डामा बडाहाकिमको रुपमा जागिरको लागि आएका बेला भंगेरीमा डेरा लिइ बसेका थिए । गंगालाल र पुष्पलाल दुवैको सोही समयमा भंगेरीमा जन्म भएको थियो ।

समाचार रामेछापका पत्रकार नवराज पथिकले लेख्नुभएको हो ।
समाचार अन्लाईन खबरबाट साभार गरेका हौ ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

रामेछापको स्वास्थ्य सेवा दरवन्दि अनुसार स्वास्थ्यकर्मी नहुँदा प्रभावित

Next Post

चोरीको मोटरसाईकलसहित रामेछापका तामाङ पक्राउ

Next Post
चोरीको मोटरसाईकलसहित रामेछापका तामाङ पक्राउ

चोरीको मोटरसाईकलसहित रामेछापका तामाङ पक्राउ

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...