Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

बिहान उठेर पढ्नै सक्नुहुन्न भने आजै जान्नुहोस् यो उपयोगी जुक्ति

Milan Ghimire by Milan Ghimire
December 29, 2019
in अर्थतन्त्र, जनता स्पेसल, विचार, शिक्षा, समाचार, सूचना प्रविधि, स्वास्थ्य
0
बिहान उठेर पढ्नै सक्नुहुन्न भने आजै जान्नुहोस् यो उपयोगी जुक्ति
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पौष,१३,

काठमाडौ । बिहानै उठेर पढ्नु अति नै लाभदायी मानिन्छ । शान्ति वाताबरण र पूर्ण आराम दिमागले जे पढ्यो त्यही टिप्छ । तर यो चिसो मौसममा बिहान उठ्न मन लाग्दैन । अलार्म बार बार बजिरहेको हुन्छ तर तपाइलाइ सिरकको तातो तापले बेस्मरी अंगालो हालिरहेको हुन्छ ।

यसैले उठ्नै सक्नुहुन्न । अलार्मलाइ स्टप गर्दै तपाइ तातो तापको स्पर्शमै रमाउनुहुन्छ । कति को त मोबाएल नै साइलेन्टमा राखेर सुत्ने पनि बानी हुन्छ अलार्मले दिइरहेको सन्देश बुझ्न सक्नहुन्न । त्यसै त हामी अक्सर अल्छी छौ । अल्छी भएकै कारण तपाइ केही मा सफलता पाउनुहुन्न सफलतै पाउनुहुन्न भनेको हैन तर अरूको तुलनामा कम भन्न खोजेको, याद गर्नु त तपाइ सानो छदा बाबा आमाले बिहानै उठेर पढ छोरा पढ किन भन्नुहुन्थो ?

तपाइ बाबा आमा सँगै रिसाउनुहुन्थो ह्या कति किच किच गरेको मलाइ थाहा छैन कति खेर उठेर पढ्नुपर्छ ? यही कुरामा कतिको त बाआमा सँग झगडा नै पर्यो होला ,हामी समयलाइ बुझ्न सक्दैनौ अनि पछुताउनु सिबाए केही हुदैन हामिसँग,
हामी कतिलाइ त भोलिबादले जरो नै गाडीसकेको हुन्छ आज के पढ्नु भोलि चाहिँ बिहानै उठेर पढ्छु, तपाइको यो भोलिबादको निरन्तरताले तपाइलाइ नै डसिरहेको हुन्छ तर हामि बुझ्दैनौ । किन कि हामी दुख नै गर्न चाहदैनौ हामि संघर्ष नै गर्न चाहदैनौ, हामिलाइ त बिहान भरी सुत्न मन लाग्छ ।

नया नया कपडा लाउन मन लाग्छ । धेरै लामो समयसम्म घुम्न मन लाग्छ । तपाइ समयलाइ वास्ता गर्नुहुन्न तर समय कति छिटो बितिसकेको हुन्छ परीक्षा नजिकिसकेको हुन्छ अनि हतार हतार गरेर एक बर्षभरीको कोर्ष भ्याउन खोज्नुहुन्छ तपाइ लाइ पढेको कुरा आइरहेको हुदैन अनि तपाइले राम्रो अंक ल्याउन सक्नुहुन्न । अनि तपाइलाइ पश्चाताप हुन्छ कि थुक्क अलार्म बज्नेबित्तिक्कै उठेर पढेको भए अलिकति दुख गरेको भए म साथीलाइ जित्न सक्थे ।

हामी आफु दुख नगर्ने तर अरूको प्रगति चाहिँ देखी नसहने प्रबृतिका छौ यस्तै कारणले हामी बिस्तारै पछाडितिर धकेल्लीरहेका हुन्छौ। तपाइ को कुनै बिषयमा दागी लागेको छ भने सम्झिनुस मैले केही दुख नै गरेको रहिनरछु त्यसैले आफुले जति गरे त्यति मात्र फल पाए।। हामीले जति दुख गर्छौ नी फल त्यही अनुसारकै पाउछौ तर हामी त भाग्यमा नै रहेनछ भनेर हरेक अप्ठ्यारोबाट पन्छिन खोज्छौ । त्यस्तो बानी छ भने हटाइदिनुस, बिहान को समयलाइ पालना गर्यौ भने र दिनमा फिल्म हेर्ने मोजमस्ती गर्ने समय बिसय बस्तुलाइ दिनुभयो भने तपाइ ले पछाडि फर्केर कहिले हेर्नु पर्दैन ।

मेरो पनि यही बानी थियो तर मैले यो बानीलाइ सुधारे बिहान छिटै उठ्न थालेदेखि परिक्षाको समयमा मैले कहिले तनाब लिनु परेन । हरेक पोइन्टहरूलाइ गीत अथबा सुत्र बनाएर पढ्न थाले । अलार्मको सन्देशलाइ बुझ्न थाले , त्यसैले म अहिले ४ बजे उठ्नु छ भने ३ बजेको अलार्म लगाउछु र ४ बजे उठिनै सकेको हुन्छु।

रूटिन बनाएर पढ्छु बिचमा मनोरन्जनका लागि समय छुट्याउछु जसले गर्दा हरेक कुरा हरू सहज बन्दै गए जसले गर्दा अहिले सम्म पनि पढ्न सहज भइरहेको छ । एकपटक मनन गर्नुस अनि तपाइ आफुले आफुलाइ पढाउनुस यसबाट तपाइले नयाँ जिवन पाउनुहुन्छ। म उठ्नुपर्छ भन्नने बोध गर्नुहोस् । दिमागी आलार्म लगाउँनुहोस् । यो सबै सम्भव छ ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

स्वर्गको टुक्रा देखिने नेपाललाई सेयर गरेर विश्वलाई चिनाऊँ : कुपिन्डे ताल

Next Post

देउवा पौडेल जुहारी, ‘विश्लेषक भन्छन् ‘खतराको घण्टी’

Next Post
देउवा पौडेल जुहारी, ‘विश्लेषक भन्छन् ‘खतराको घण्टी’

देउवा पौडेल जुहारी, ‘विश्लेषक भन्छन् ‘खतराको घण्टी’

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.