Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

देउवा पौडेल जुहारी, ‘विश्लेषक भन्छन् ‘खतराको घण्टी’

Milan Ghimire by Milan Ghimire
December 29, 2019
in अर्थतन्त्र, जनता स्पेसल, समाचार
0
देउवा पौडेल जुहारी, ‘विश्लेषक भन्छन् ‘खतराको घण्टी’
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

१२ पुष,

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन इतर समूहले बहुमतको दम्भका आधारमा केन्द्रीय समितिको बैठकले गरेका निर्णय नसच्चिए पार्टी धरापमा पर्ने चेतावनी दिएको छ । महामन्त्री शशांक कोइराला निवासमा बसेको असन्तुष्ट पक्षको भेलाले बहुमतका नाममा पार्टीको विधि र विधान उल्लंघन गरेर निर्णय आएको भन्दै ति निर्णयहरु नमान्ने बताएको छ ।

कोइराला निवासमा भएको भेलापछि आयोजित पत्रकार सम्मेलनमार्फत वरिष्ठ नेता रामचन्द्र पौडेलले हिजो केन्द्रीय समितिले गरेका निर्णयहरु सच्याउन आग्रह गर्नुभयो । उहाँले प्रजातन्त्रको मर्म विपरीत गरिएका निर्णयहरुले पार्टीलाई कमजोर र धरासायी बनाउने जिकिर गर्नुभयो ।

कांग्रेस केन्द्रीय समितिको बैठकले हिजो वर्तमान कार्यसमितिको म्याद एक वर्ष थप गरेर पार्टीको महाधिवेशन अर्को वर्षको फागुनमा गर्ने, विभागहरु थप गर्ने लगायतका निर्णय गरेको थियो । तर ०७७ फागुनमा महाधिवेशन गर्ने निर्णय गलत मनसायका साथ गरिएको भन्दै पौडले समूहले असन्तुष्टि जनाएको छ । आफूले कांग्रेस एकढिक्का नभए कम्युनिष्टसँग मुकाबिला गर्न नसकिने कुरा पटक पटक सम्झाउँदा पनि सभापति देउवाले एकलौटी निर्णय गरेको महामन्त्री शशांक कोइरालाले बताउनुभयो ।

तर पार्टीको संस्थापन पक्षले भने हिजो केन्द्रीय समितिले गरेका निगर्णयहरुले कांग्रेसभीत्र कसैलाई घाटा नपु¥याउने जिकिर गरेको छ । कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले पर्याप्त छलफल र गृहकार्यपछि होसियारीका साथ पार्टीले निर्णय लिएको बताउनुभयो । उहाँले सभापति शेरबहादुर देउवाले सहमति जुटाउनका लागि असन्तुष्ट पक्षसँग निरन्तर प्रयास गरेको स्पष्ट पार्नुभयो ।

सहमतिय पद्धतिमा जानका लागि लगातार गरेको छलफल टुंगोमा नपुगेपछि सभापति शेरबहादुर देउवाले बहुमतको अधिकार प्रयोग गरेको पाइएको छ । तर हाल मुलुकको राजनीतिमा प्रमुख विपक्षीमा खुम्चेको कांग्रेसको भविष्यका लागि यो निर्णय खतरनाक साबित हुन सक्ने टिप्पणी विश्लेषकहरुले गरेका छन् । प्रजातान्त्रिक पद्धतिमा सहमति नजुटे बहुमतिय पद्धतिमा जानुलाई अनौठो मान्न नसकिने भए पनि कांग्रेसका लागि त्यो सुःखद बन्न नसक्ने राजनीतिक विश्लेषक पुरन्जन आचार्यको भनाई छ ।

मुलुकको राजनीतिमा आफ्नो उपस्थिति कमजोर पार्दै गएको कांग्रेसले हालै सम्पन्न उपनिर्वाचनमार्फत आफ्नो जनाधार बलियो साबित भएको दाबी गर्दै आएको छ । तर उपनिर्वाचन लगत्तै पार्टीभित्र मौलाएको गुटगत राजनीतिले कांग्रेसको भविष्य अन्यौल पारेको जानकारहरु बताउँछन् । सहमतिय आधारमा अघि बढेर पार्टीलाई एकढिक्का पार्न नसके कांग्रेस थप कमजोर बन्दै जाने निश्चित छ ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

बिहान उठेर पढ्नै सक्नुहुन्न भने आजै जान्नुहोस् यो उपयोगी जुक्ति

Next Post

केन्द्रीय समितिले गरेको निर्णयमा असन्तुष्ट पक्षको आपत्ति, निर्णय नमान्ने चेतावनी

Next Post
केन्द्रीय समितिले गरेको निर्णयमा असन्तुष्ट पक्षको आपत्ति, निर्णय नमान्ने चेतावनी

केन्द्रीय समितिले गरेको निर्णयमा असन्तुष्ट पक्षको आपत्ति, निर्णय नमान्ने चेतावनी

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.