Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

केन्द्रीय समितिले गरेको निर्णयमा असन्तुष्ट पक्षको आपत्ति, निर्णय नमान्ने चेतावनी

Milan Ghimire by Milan Ghimire
December 29, 2019
in अर्थतन्त्र, जनता स्पेसल, समाचार, स्वास्थ्य
0
केन्द्रीय समितिले गरेको निर्णयमा असन्तुष्ट पक्षको आपत्ति, निर्णय नमान्ने चेतावनी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

१३ पुष,

नेपाली कांग्रेसको असन्तुष्ट पक्षले केन्द्रीय समितिले गरेको निर्णयमा आपत्ति जनाएको छ । महामन्त्री शशांक कोइराला निवासमा बसेको असन्तुष्ट समुहको भेलाले बहुमतका नाममा पार्टीको विधि विधान उल्लंघन गरेर निर्णय आएको भन्दै निर्णय नमान्ने जनाएको हो ।

यस्तै भेलाले सभापति शेरबहादुर देउवाले पार्टीलाई संकटमा धकेलेको निष्कर्ष निकाल्दै हिजोको निर्णयले पार्टीलाई थप धरासयी बनाएको आरोप लगाएको छ । वरिष्ठ नेता समेत रहेका रामचन्द्र पौडेलले महासमिति बैठकपछि संशोधन गरिएको पार्टी विधानको धज्जी उडाउने काम सभापतिबाट भएको आरोप लगाउनु भएको छ ।

महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्ने नाममा आफुखुशी विधानका दफा निलम्बन गरिएको बताउदै उहाले पार्टी विधानको व्यवस्था निलम्बन गर्ने कुरा बहुमतबाट हुन नसक्ने भन्दै त्यसमा सहमति नखोजिएकोमा पनि आक्रोश पोख्नु भएको थियो ।

यस्तै महामन्त्री शशांक कोइरालाले पार्टीभित्र एकतामा जोड दिँदै बहुमतबाट गरिएको निर्णयले पार्टीलाई कमजोर बनाउने उल्लेख गर्नुभयो । सहमतिका लागि छलफल भइरहेकै बेला एक्कासी निर्णय भएको भन्दै कोइरालाले असन्तुष्टि व्यक्त गर्नुभयो ।

यस्तै पूर्वमहामन्त्री एवं वार्ता टोलीका संयोजक प्रकाशमान सिंहले सहमतिका पक्षमा आफुहरू हुँदाहुँदै पनि सभापति देउवा पक्षले बहुमतको दम्भ देखाएको बताउनु भयो ।

यता संस्थापनपक्षिय नेता तथा सहमहामन्त्री प्रकाशशरण महतले भने केन्द्रीय कार्यसमितिको बैठकले गरेका निर्णयका बारेमा कसैले पनि असहमति राख्नुपर्ने कारण नरहेको स्पष्ट पार्नुभएको छ ।

रिपोर्टर्स क्लब नेपालले गरेको साक्षात्कार बोल्दै नेता महतले सभापति शेरबहादुर देउवाले सबैसँगको छलफल र सहमतिपछि नै महाधिवेशनको मिति तोकेको जिकिर गर्नुभयो । यो समग्र पार्टीको चाहना भएको उहाले जिकिर गर्दै उहाले सोहीअनुसार वडादेखि सम्पूर्ण तहसम्मको अधिवेशन कार्यतालिका पनि सार्वजनिक गरिएको उल्लेख गर्नुभयो ।

हिजोको बैठकले महाधिवेशन ०७७ फागुनमा गर्ने, विभाग बढाएर ४७ वटा बनाउने, तरूण दलको कार्यकाल ६ महिना थप गर्नेसहित विभिन्न ९ वटा निर्णय गरेको थियो ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

देउवा पौडेल जुहारी, ‘विश्लेषक भन्छन् ‘खतराको घण्टी’

Next Post

मानिसकाे दायित्व भनेकै वातावरण जोगाउनु र तिनीहरूकाे उचित प्रयाेग गर्नु हाे : ३ नं प्रदेश सदस्य पौडेल

Next Post
स्थानिय सरकार विधिको साशनमा चलनु पर्छ : प्रदेश सांसद शान्ति पौडेल

मानिसकाे दायित्व भनेकै वातावरण जोगाउनु र तिनीहरूकाे उचित प्रयाेग गर्नु हाे : ३ नं प्रदेश सदस्य पौडेल

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.